
अभिनेत्री विद्या बालनले फिल्ममा अलग-अलग भूमिका निर्वाह गरेर बलिउडको स्टीरियोटाइप सोचलाई चुनौती दिएकी छन् । फिल्मको पात्रअनुसार आफूलाई ढाल्न सिपालु उनले आफ्नो दमदार अभिनयबाट दर्शकको मन जितेकी छन् । तर, उनी आफूले स्टीरियोटाइप सोच तोड्न कोशिश नगरेको बताउँछिन् । आफ्नो बाटोमा अवरोध आउन नदिने प्रण भने गरेको उनको भनाई छ ।

प्रदर्शनको पखाईमा रहेको फिल्म ‘चुरीफुरी’ को टिमले कोरोना भाइरसको संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण बिहान बेलुका हातमुख जोर्न समस्या भएका व्यक्तिलाई राहत वितरण गरेको छ । काठमाडौंको बसुन्धराका बस्दै आएका २५ परिवारलाई फिल्मको टिमले २० दिनसम्म पुग्ने खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो । खाद्यान्नसँगै मास्क पनि प्रदान गरिएको छ ।


‘बाहुबली’ को सफलतापछि अभिनेता प्रभासको फ्यान फलोइंग भारतसँगै विश्वभर छ । यही कारण उनको पपुलारिटीलाई ‘क्यास’ गर्न साउथदेखि बलिउडका निर्माता-निर्देशकले प्रयास गरिरहेका छन् । अहिले उनको हातमा कयौं पेन इन्डिया फिल्म छ भने ‘राधे श्याम’ रिलिजको तयारीमा छ । यसपछि प्रभास ‘केजीएफ’ फेम्ड निर्देशक प्रशान्त नीलको फिल्म ‘सलार’ मा व्यस्त हुनेछन् ।

बुधवारबाट ५७ वर्षमा टेकेका अभिनेता राजेश हमालले यसपटक आफ्नो जन्मदिन विशेष तरिकाले मनाएका छन् । मंगलवार र बुधवार गरी आधा दर्जन केक काटेका उनले बुधवार नवनिर्मित धरहरामा पुगेर समेत बर्थ-डे केक काट्न भ्याए । दृश्यावलोकन गर्नका लागि २०औं तल्लामा बनाइएको बार्दलीमा बसेर उनले श्रीमती मधु भट्टराईको साथमा जन्मदिनको केक काटेका हुन्

मानिसको जीवनमा कस्तो घटना कतिखेर घट्छ कसैलाई थाहा हुँदैन । अभिनेत्री बन्ने सपना बोकेर डिप्लोमा गर्न २ वर्षअघि भारत पुगेकी निशा घिमिरेको जीवनमा पनि एउटा अप्रत्यासित घटना घट्यो, जसले उनको सारा सपना निमोठियो । उनलाई अभिनेत्री बन्नु थियो । दर्शकको ठूलो भीडमा उभिएर अटोग्राफ दिनु थियो । तर, एउटा दुर्घटनाले आज उनी जीवन र मृत्युसँग लडिरहेकी छन् ।

