
नायक शिव श्रेष्ठ र नायिका गौरी मल्लको जोडीलाई २० वर्षपछि एकसाथ पर्दामा देख्न पाइने भएको छ । फिल्म ‘धर्मसंकट’ पछि एकसाथ काम नगरेका उनीहरुको निर्देशक शोभित बस्नेतको नयाँ फिल्म ‘डाँडाको बर पीपल’ मा सहकार्य भएको हो । फिल्ममा शिव र गौरी श्रीमान-श्रीमतीको भूमिकामा प्रस्तुत हुँँदैछन् । दुई दशकपछि सँगै काम गर्न पाएकोमा दुवैले खुसी व्यक्त गरेका छन् ।

‘ए मेरो हजुर’ सिरिजको एउटा विशेषता भनेको गीत-संगीत पनि हो । यो फिल्मको पहिलो श्रृंखलाको शिर्ष गीत आज पनि सदाबहार छ । त्यस्तै, दोस्रो सिरिजको ‘कसम हो र किनी देउन’ गीतसँगै तेस्रो सिरिजको ‘जिन्दगी नै भन्दिनँ, परान, सत्य भन्छु’ गीत पनि रुचाइएको थियो । गीतको अडियो र भिडियोलाई स्तरिय बनाउन यसको निर्माण पक्षले निकै मिहिनेत गर्ने गरेको छ ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपाल सरकारले सभा, गोष्ठी, जुलुस, र्याली, भेला, सेमिनार, बैठक, भीडभाड हुने व्यावसायिक कार्यहरु नगर्न आग्रह गरेसँगै यही चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लप्पन छप्पन २’ को रिलिज स्थगित गरिएको छ । निर्देशक तथा निर्माता मुकुन्द भट्टले अब निर्धारित मितिमा फिल्म प्रदर्शन नहुने जानकारी दिए ।

अभिनेता भुवन केसीका लागि विवाद र स्क्यान्डल पर्यायजस्तै मानिन्छ । एक समय विभिन्न अभिनेत्री तथा महिलासँगको सम्बन्धका कारण चर्चा र विवादमा रहने गरेका उनलाई नेपाली मिडियाले ‘प्ले व्वाई’ का रुपमा समेत चित्रित गर्ने गरेका छन् । कुनै बखतकी चर्चित अभिनेत्री सारङ्गा श्रेष्ठले भनेकी थिइन्, ‘फिल्म इन्डस्ट्रीमा भुवन केसी नभएको भए धेरै नायिका कुमारी नै हुन्थे होलान् ।’

निर्माणको तयारीमा रहेको फिल्म ‘प्रेमगञ्ज’ का लागि मुख्य कलाकारहरु अडिसनबाट छनोट गरिएको छ । गएको फागुन २५ गते थापागाउँमा रहेको कान्तिपुर फिल्म एकेडेमीमा भएको अडिसनमा सहभागीमध्ये राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का र बालकलाकार आयुषी ढकाललाई निर्माण टिमले फिल्ममा अनुबन्ध गरेको हो । प्रशान्त र सुप्रिया टिकटकका चर्चित अनुहार हुन् ।

हलिउड र बलिउडमा ठूला स्टारलाई लिएर फिल्महरु बनिरहेका हुन्छन् । स्टारडम भएका कलाकारहरु एउटै फिल्ममा भए दर्शकको राम्रो साथ मिल्ने विश्वास फिल्मकर्मीमा छ । नेपालमा पनि मल्टीस्टारर फिल्म उल्लेख्य संख्यामा बनेका छन् । तर, युवापुस्तामा राम्रो क्रेज बनाएका पछिल्ला छिमलका स्टार कलाकारलाई एउटै फिल्ममा उतार्न भने कमै निर्देशक सफल छन् ।

