Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7255 - 7260 of 24027
फिल्मीखबर, काठमाडौं, 2021-03-31, बुधवार

कोरोना संक्रमणका कारण करीब ९ महिना बन्द भएर गएको पुष १० गतेबाट हल सञ्चालकहरुले एकतर्फी रुपमा सिनेमा हल खोल्ने निर्णय गरे । सरकारले भने पुष ३० गतेबाट ५० प्रतिशत अकुपेन्सीमा हल खोल्न अनुमति दियो । सरकारको यो निर्णयले राहत महशुस गरेका हल सञ्चालकहरु तीन महिनादेखि सिनेमा हलमा दर्शकको चाप नबढ्दा पुर्पुरोमा हात राख्न बाध्य छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-03-31, बुधवार

नेपाली फिल्मका बिकाऊ अभिनेता हुन्, अनमोल केसी । उनको नामले नै हलसम्म दर्शकको भीड तान्न सक्छ । डेब्यू फिल्म ‘होस्टेल’ बाटै जबरजस्त क्रेज बनाएका उनले ८ वर्षको अवधिमा सातवटा फिल्ममा काम गरिसकेका छन् । ‘कृ र क्याप्टेन’ ले निर्माता डुबाए पनि अरु फिल्मले उनको करिअरलाई उचाइ दिलाउन ठूलो मद्दत गर्‍यो । अहिले उनी करिअरको उत्कर्षमा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-03-31, बुधवार

अभिनेत्री वर्षा सिवाकोटीले फिल्म ‘सुदूर’ छाडेपछि निर्देशक बुढाथोकीले मोडल गरिमा शर्मालाई अभिनेत्रीको प्रस्ताव गरेका छन् । मंगलवार उनीहरुबीच भेटेरै फिल्मको विषयमा कुराकानी भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-03-30, मंगलवार

बलिउड सुपरस्टार अजय देवगनमाथि कुटपिट भएको एक भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । भिडियो हेरेर दाबी गरिएअनुसार दिल्लीको एक पबको बाहिर उनको केही व्यक्तिसँग झगडा भएको थियो र त्यो झगडामा मानिसहरुले उनीलाई कुटेका थिए । तर, अजयले सोसल मिडियामा एक पोस्ट गर्दै उक्त भिडियो झुटो रहेको बताएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-03-30, मंगलवार

एक समय म्यूजिक भिडियोमा राम्रो माग भएकी मोडल हुन्, अकेशा विष्ट । दुई दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी उनले सन् २०१५ मा निकेश खड्काको निर्देशनमा बनेको फिल्म ‘जिन्दगी रक्स’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । तर, यो फिल्मको असफलतापछि उनी फिल्म क्षेत्रबाट हराईन्। अहिले उनी परिवारसँग अमेरिकामा बस्दै आएकी छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-03-30, मंगलवार

अभिनेता पुष्प खड्काका दुई फिल्म ‘कृष्ण लीला र मनसँग मन’ एकअर्कासँग भिड्न तयारी अवस्थामा थिए । तर, अब यी दुई फिल्मको भिडन्त टरेको छ । ‘मनसँग मन’ ले मंगलवार कोरोनाका कारण रिलिज अनिश्चितकालका लागि पोस्टपोन्ड गरेको छ ।

Results : 7255 - 7260 of 24027
Most Visited News (monthly)