
अनमोल मंगलवारबाट २७ वर्षका भएका छन् । २०५० साल चैत १७ गते बिहान ११ बजेर ३० मिनेटमा काठमाडौंस्थित ओम नर्सिङ्गमा सुष्मिता केसी र भुवन केसीको कोखमा उनको जन्म भएको हो ।

‘बाहुबली’ सिरिजपछि करिअरको उत्कर्षमा पुगेका प्रभास साउथ फिल्मका सबैभन्दा महंगा अभिनेतामध्ये एक मानिन्छन् । ‘साहो’ बाट बलिउडमा समेत डेब्यू गरेका उनको पाइपलाइनमा अहिले ठूला बजेटका ‘सलार र आदिपुरुष’ फिल्म छन् भने ‘राधे श्याम’ प्रदर्शनको पखाईमा छ । विश्वभर जबरजस्त क्रेज बनाएका उनले एउटा फिल्मबाट सय करोड पारिश्रमिक लिने गरेका छन् ।

नेपाल पत्रकार महासंघको निर्वाचन नजिकिँदै जाँदा यसको एसोसिएट संस्था चलचित्र समीक्षक समाज (फिक्सन) ले नयाँ नेतृत्व पाएको छ । सोमवार भएको फिक्सनको साधारण सभाले दीपेन्द्र लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

गएको हप्ता फिल्म ‘लप्पन छप्पन २’ ले घोषित मितिबाट हात झिकेको थियो । अब चैत २७ मा प्रदर्शनमा आउन लागेको अर्को फिल्म ‘मनसँग मन’ ले पनि रिलिज पोस्टपोन्ड गरेको छ ।

कोशी भिजनको ब्यानरमा फिल्म ‘अभियान’ निर्माण हुने भएको छ । आइतवार सुनसरीको इटहरीस्थित एक गुम्बामा शुभ मुहूर्त गरिएको फिल्मको चैत १७ गत्बाट छायांकन सुरु हुँदैछ । मुहूर्त समारोहमा फिल्मको टिमसँगै चलचित्रकर्मी संघका प्रदेश १ संयोजक पर्शुराम चौधरी, नेपाल चलचित्रकर्मी महसंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान लगायतको उपस्थिति रहेको थियो ।

करिअरको सुरुवाती दिनमा अभिनेत्री परिणीति चोपडा आफ्नो बढेको तौलका कारण निकै आलोचनाको शिकार भएकी थिइन् । तर, उनले आफ्नो तौललाई लिएर आलोचना गर्नेहरुसँग सहमत रहेको बताएकी छन् । उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘म उनीहरुसँग सहमत छु कि म सबैभन्दा राम्रो देखिएकी थिइनँ । मैले फिटनेसमा आफ्नो शतप्रतिशत दिन सकेको थिइनँ ।’

