Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7237 - 7242 of 24027
फिल्मीखबर, काठमाडौं, 2021-04-05, सोमवार

अभिनयमा कमजोर मानिने अभिनेता अनमोल केसी आफ्नो चरित्रलाई जीवन्त तुल्याउन भने खुबै मेहनत गर्ने गरेका छन् । फिल्म ‘कृ’ यसको उदाहरण हो । यो फिल्मका लागि कपाल पाल्न, शरीर सुगठित बनाउन र एक्सन सिक्न उनी एक वर्ष बनवास नै बसे । यसपछि फिल्म ‘क्याप्टेन’ मा फुटबल खेलाडीको भूमिकामा देखिन उनले तौल घटाउनुका साथै फुटबलको तालिम समेत लिए ।

फिल्मीखबर, काठमाडौं, 2021-04-05, सोमवार

फिल्म निर्देशकहरुको छाता संस्था चलचित्र निर्देशक समाजले १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आइतवार चलचित्र विकास बोर्डको सभा हलमा भएको कार्यक्रममा ९२ वर्षिय निर्देशक तथा निर्माता हेमबहादुर लामालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ पनि प्रदान गरिएको छ ।

एजेन्सी, मुम्बई, 2021-04-04, आईतवार

सुपरस्टार सलमान खानको साउथ फिल्मसँगको नाता गहिरो छ । एक समय लगातार फिल्म फ्लप भइरहँदा उनले साउथ फिल्म ‘सेथु’ को हिन्दी रिमेक ‘तेरे नाम’ मा काम गरेका थिए । यही फिल्मले उनलाई करिअरको उत्कर्षमा पुर्‍यायो । यसकारण पनि सलमानको साउथ फिल्मप्रति बेग्लै लगाव छ । उनी साउथ फिल्मको हिन्दी रिमेकको प्रस्ताव आउँदा सकारात्मक हुने गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-04-04, आईतवार

गत वर्षको चैत २८ गतेलाई मल्टीस्टारर फिल्म ‘प्रेमगीत ३’ को प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, फिल्म प्रदर्शनमा आउनुभन्दा अगावै कोरोनाका कारण देश लकडाउन भयो । यसपछि रिलिज अनिश्चित बनेको फिल्मलाई यस वर्षको अन्तिममा प्रदर्शनको योजना बनाइएको थियो । तर, पुनः कोरोनाको कहर सुरु भएकाले निर्माण टिमले प्रदर्शनका लागि हतार गरेको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2021-04-04, आईतवार

लामो समयदेखि स्क्रिप्ट राइटरको रुपमा सक्रिय शिवम अधिकारीले केही समयका लागि स्क्रिप्ट राइटिङबाट विश्राम लिने घोषणा गरेका छन् । शुक्रवार फेसबुकमा स्टाटस लेख्दै उनले आफू मानसिक रुपमा तयार नभएसम्मका लागि स्क्रिप्ट लेखनबाट विश्राम लिएको जानकारी गराएका छन् । स्क्रिप्ट राइटिङको विधाबाट आफू थाकेको महशुस भइसकेको पनि उनले उल्लेख गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-04-04, आईतवार

अभिनेता कर्मा शाक्य र अभिनेत्री लक्ष्मी बर्देवालाई पहिलो पटक एकसाथ ठूलो पर्दामा देख्न पाइने भएको छ । थिएटरको पृष्ठभूमिबाट आएका दुवैको फिल्म ‘अनन्त’ मा जोडी बाँधिएको हो । शनिबारबाट भक्तपुरमा सुटिङ सुरु भएको फिल्मलाई जेसन लोप्चनले निर्देशन गरिरहेका छन् । अस्कर फिल्म कलेजबाट ग्रयाजुएसन गरेका उनले केही लघु फिल्मको निर्देशन गरेका छन् । 

Results : 7237 - 7242 of 24027
Most Visited News (monthly)