
किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको ‘गल्र्स गेट इक्वेल’ अभियान अन्तर्गत रहेर गरेको फिल्म मेकिङ कार्यशालामा भाग लिएका १० किशोरीले एक महिना सिकेकै भरमा उम्दा फिल्म बनाएर देखाएका छन् । उनीहरुले दुई हप्तामा फिल्म तयार गरेका हुन् । शुक्रबार चलचित्र विकास बोर्डको सभा हलमा उनीहरूले बनाएका फिल्म हेर्दा परिपक्व फिल्म मेकिङको आभास हुन्थ्यो ।

मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्स ९’ यतिबेला स्टारकास्टका कारण चर्चामा छ । फिल्ममा अहिलेका चल्तीका कलाकारहरु सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का, राज कटुवालले एकसाथ अभिनय गर्दैछन् भने भिलेनको भूमिकाका लागि बलिउडबाट एक चर्चित नायक झिकाउने तयारीमा निर्माण टिम छ । यसका लागि निर्देशकसहितको टोली यतिबेला भारतमा छ ।

कोरोना महामारीअघि शिवरात्रीको विदामा फिल्म रिलिज गर्न निर्माताहरुबीच हानाथाप चल्थ्यो । शिवरात्रीको विदाको फाइदा उठाउन एकै मितिमा चारवटासम्म फिल्म रिलिज भएका उदाहरण छन् । २०७६ सालको असारमा मुहूर्त गर्दा फिल्म ‘लप्पन छप्पन २’ ले पनि रिलिजका लागि महाशिवरात्री रोजेको थियो । तर, निर्माणमा ढिलाइ भएपछि फिल्म घोषित मितिमा रिलिज हुन सकेन ।

बलिउडमा सय करोडलाई फिल्म सफलताको मानक मान्ने गरिन्छ । वर्षमा थौरै मात्र फिल्मले यो आँकडा छुने गरेका छन् । साउथ इन्डस्ट्रीमा पनि सय करोड क्लबमा इन्ट्री हुन सहज छैन । थोरै स्टारका फिल्मले मात्र यो सफलता पाएका छन् । केही स्टारहरुको एक-दुईवटा फिल्म मात्र सय करोड क्लबमा सामेल छन् भने केहीको फिल्मले पटक-पटक सय करोडको आँकडा नाघेको छ ।

गत हप्ता काठमाडौं जिल्ला प्रशासनले सशर्तसहित सिनेमा हल खोल्न र छायांकनका लागि अनुमति दिएसँगै फिल्मकर्मी तात्न थालेका छन् । तत्काल नयाँ फिल्म प्रदर्शन गर्न निर्माताहरु तयार नभए पनि छायांकनमा निस्कने फिल्मको संख्या दिन-प्रतिदिन बढिरहेको छ । अहिले आधा दर्जन फिल्म छायांकनमा छन् । जसले गर्दा फिल्म क्षेत्रमा एकप्रकारको चहलपहल सुरु भएको छ ।

गत हप्ता काठमाडौंसहित तीन जिल्लाका प्रशासन प्रमुखले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल खोल्न दिने निर्णय गर्यो । तर, हल व्यवसायीहरुको संस्था नेपाल चलचित्र संघले सय प्रतिशत अकुपेन्सीसहित देशैभरका हल खोल्न अनुमति नदिएसम्म सिनेमा हल नखोल्ने निर्णय गरेको छ । जसले गर्दा प्रशासनको अनुमति बावजूद पनि हल बन्द छन् ।

