
कोरोना महामारीअघि हरेक वर्षको दशैंमा फिल्म रिलिज गर्न निर्माताबीच हानाथाप हुन्थ्यो । किनकि, दशैं विदा फिल्म रिलिजका लागि सबैभन्दा राम्रो समय हो । तर, गत वर्ष दशैंमा कोरोनाका कारण सिनेमा हल सुनसान भए । यस वर्षको दशैंमा भने नयाँ फिल्म रिलिज हुने भएको छ । फूलपातीपछिको दशैं विदा हत्याउन शुक्रवार फिल्म ‘धन्दागिरी’ ले रिलिज डेट घोषणा गरेको छ ।


संसारकै दोस्रो ठूलो फिल्म उद्योग मानिने बलिउड भारतीयझैँ नेपाली कलाकारका लागि पनि सपना हो । बलिउडमा काम पाउने सपना बुनेर वर्षैपिच्छे त्यहाँ पुग्ने नेपालीको संख्या ठूलो छ । केही कलाकारले बलिउड इन्डस्ट्रीमा आफ्नो राम्रो छाप पनि छाडेका छन् । तर, त्यहाँ गएर मेकिङमा लागेका नेपालीहरु भने थोरै छन् । किनकि, बलिउड फिल्म बनाउन सानोतिनोले लगानी हुँदैन ।

इनकम ट्याक्स विभागको टिम बुधवार अचानक अभिनेता सोनू सूदको मुम्बई अफिसमा पुग्यो । आयकर विभागको जाँचपछि भारतीय सञ्चार माध्यममा उनको सम्पत्तिको बारेमा चर्चा सुरु भएको छ । बलिउड फिल्मको हिरो हुन ५५ सय रुपैयाँ लिएर मुम्बई छिरेका उनी आज करीब १ सय ३० करोडका मालिक बनिसकेका छन् । अहिले उनी एक फिल्मका लागि २ करोड बुझ्ने गर्दछन् ।

कोरोना संक्रमणका कारण बन्द भएका सिनेमा हललाई सरकारले सञ्चालनको अनुमति दिइसकेको छ । तर, नयाँ फिल्म नहुँदा सिनेमा घर खुल्न सकेका छैनन् । अहिले नेपाल चलचित्र संघ, निर्माता संघ लगायतका संघ-संस्थाहरु निरन्तर फिल्म रिलिज गर्न निर्मातासँग छलफलमा छन् । तर, प्रायः निर्माताहरु तत्काल फिल्म रिलिज गरेर करोडौंको लगानीमाथि रिक्स लिने पक्षमा छैनन् ।

रामबाबु गुरुङ निर्देशित सुपरहिट फिल्म ‘कबड्डी’ मा ‘मैयाँ’ को चरित्रमा अभिनय गरेपछि एकाएक चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङलाई त्यसपछि फिल्म अफरको ओइरो लागेको थियो । तर, उनले आफ्नो करिअरमा थोरै मात्र फिल्म गरेकी छन् । ‘कबड्डी’ को दोस्रो पार्टमा मुख्य भूमिका र तेस्रो पार्टमा केमियो भूमिकामा देखिएकी उनले फिल्म ‘झुम्की’ मा पनि अभिनय गरेकी छन् ।

