
फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापाले सञ्चारकर्मी तथा अभिनेत्री सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका छन् । सोमवार काठमाडौंको एक पाँचतारे होटलमा उनीहरुले औंठी साटेका हुन् । इन्गेजमेन्ट समारोहमा हुनेवाला दुलहा र दुलही पक्षका सीमित परिवारको मात्र उपस्थिति रहेको जानकारी प्राप्त छ । सुदर्शनले आफ्नो जन्मदिनको अवसरमा सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् ।

लभस्टोरी फिल्ममा आफूलाई प्रमाणित गरेका निर्देशक हुन्, सुदर्शन थापा । उनी निर्देशित ‘मेरो एउटा साथी छ’ र ‘प्रेमगीत’ नेपाली फिल्म इतिहासका माइलस्टोन फिल्म मानिन्छन् । यीनै दुई फिल्मबाट उनले दर्शकको विश्वास र भरोसा जिते भने आफूलाई अब्बल निर्देशकको रुपमा स्थापित गरे । आजको समयमा उनको फिल्म भनेपछि विश्वास गरेर हलसम्म जाने दर्शकको भीड ठूलो छ ।

गत वर्ष निषेधाज्ञाभन्दा अगाडि भारतको सिक्किममा छायांकन भएको अभिनेता द्वय सौगात मल्ल र अनुपबिक्रम शाही अभिनीत फिल्म ‘जार’ को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । आइतवार सार्वजनिक भएको पोस्टरमा फिल्मकी लिड अभिनेत्री गीताञ्जली थापालाई केन्द्रमा राखिएको छ भने पृष्ठभूमिमा सौगात र अनुपलाई देख्न सकिन्छ । यो फिल्मको केन्द्रिय द्वन्द्व नै महिला पात्र हो ।

नेपालमा लोकप्रिय गायक फिल्मको नायक बनेका थुप्रै उदाहरण छन् । भुवन केसी, यश कुमार, रामकृष्ण ढकाल, उदितनारायण झा, बाबु बोगटी, प्रशान्त तामाङ लगायतका धेरै गायकले फिल्ममा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका छन् । तर, दुई डुंगामा खुट्टा राखेर यात्रा गर्ने गायकहरुको फिल्मी यात्रा त्यति सुखद छैन । एकाधबाहेक प्रायः को पहिलो फिल्म नै अन्तिम बन्यो ।

नेपाली फिल्ममा कलाकारसँगै निर्माता तथा निर्देशकका सन्तानको प्रवेश बढ्दो छ । तर, सफलता नगन्यले मात्र हासिल गरेका छन् । प्रायः संघर्ष गर्दा गर्दै थाकेका छन् । परिवारको मद्दतले फिल्ममा प्रवेश गर्न सहज भए पनि यो क्षेत्रमा टिकिरहन आफूमा क्षमता हुनैपर्छ । परिवारको आँडमा यो क्षेत्रमा आफूलाई स्थापित गर्न खोज्नु भनेको अहिलेको समयमा ‘दिउसै सपना देख्नु’ जस्तो हो ।

काठमाडौंसहित तीन जिल्लाका प्रशासन कार्यालयले सिनेमा हल सञ्चालन र छायांकनका लागि अनुमति दिएसँगै प्रि-प्रोडक्सनमा रहेका दर्जनौं फिल्म छायांकनमा निस्कने तयारीमा जुटेका छन् । त्यसो त, प्रशासनले छायांकन अनुमति नदिँदा पनि लुकिछिपी फिल्मको छायांकन भने भइरहेकै थिए । शुक्रवारबाट प्रशासनले २५ जनाको उपस्थितिमा मात्र छायांकन गर्न अनुमति दिएको हो ।

