
लमजुङ, गोरखा, लमजुङ, मुस्ताङ, मनाङ, हुम्ला, जुम्ला, डोल्पा लगायतका केही गाउँमा अझै बहुपति प्रथा प्रचलनमा छ । घरको जेठो छोराले विवाह गरी ल्याएकी श्रीमतीलाई उसका भाइहरूले पनि श्रीमतीको रूपमा स्वीकार गर्ने प्रथा नै बहुपति प्रथा हो । श्रीमतीकै रूपमा स्वीकार गरे पनि उनीहरूले भाउजू भन्ने गर्छन् । यही प्रथामाथि आधारित भएर फिल्म ‘टुल्की’ निर्माण भएको छ ।

अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘कृ’ बाट नायिकाको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकीले त्यसपछि करीब तीन वर्ष फिल्ममा काम गरिनन् । पहिलो फिल्मले अपेक्षित सफलता हासिल नगर्दा उनी मुम्बई फर्किएर मोडलिङमा व्यस्त बनेकी थिइन् । यो बीचमा उनले केही हिन्दी र पञ्जाबी गीतमा अभिनय गरिन्, जसले उनलाई भारतका दर्शकबीच पनि परिचित गराएको छ ।

अभिनेता शिव श्रेष्ठद्वारा निर्मित तथा अभिनीत फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ गत वर्षको माघ १ गते प्रदर्शनमा आएको थियो । कोरोनाका कारण ९ महिनादेखि बन्द रहेका सिनेमा हल पुष २७ मा खुलेको तीन दिनपछि शिव श्रेष्ठले फिल्म चलाउने जोखिम उठाएका थिए । त्यसबेला उनले सिनेमा हल खुलाउन आग्रह गर्दै निर्वतमान प्रधानमन्त्री केपी ओलीलाई समेत भेट गरेका थिए ।

अभिनेता फिरोज खानका छोरा फरदीन खान ११ वर्षपछि फिल्ममा फर्किने भएका छन् । उनको नयाँ फिल्मको घोषणा भएको छ । एक समय फिल्ममा भ्याइनभ्याइ हुने गरेका उनी जबरजस्त ट्रान्सफर्मेशन र फिटनेसपछि बलिउडमा पुनरागमन गर्न लागेका हुन् । मंगलवार सञ्जय गुप्ताले नयाँ फिल्म ‘विस्फोट’ को घोषणा गरेका छन्, जसमा फरदीनसँगै रितेश देशमुखको अभिनय रहनेछ ।

अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना यतिबेला राजनीतिक तहदेखि सर्वसाधारणसम्ममा बहसको विषय बनेको छ । सत्तामा साझेदार राजनीतिक दलहरु राष्ट्रिय सहमति जुटाएर संशोधनसहित एमसीसी संसदबाट पारित गर्नुपर्ने पक्षमा छन् भने सत्ताभन्दा बाहिर रहेका केही राजनीतिक दलहरुले एमसीसी राष्ट्रघाती सम्झौता रहेको भन्दै दिनहुँ सडक तताएका छन् ।

गत वर्ष ९ महिना बन्द भएर खुलेका सिनेमा हल कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै तीन महिनामै बन्द भयो । पछिल्लो समय संक्रमण दर कम हुँदै गएपछि सरकारले गत हप्ता स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का सिनेमा हल सञ्चालन गर्न अनुमति दिएको छ । तर, हल भने अझै खुलेका छैनन् ।

