मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चैत ४ मा सृष्टिको ‘चिसो एस्ट्रे’

फिल्मीखबर, काठमाडौं, 2021/12/10
Chiso Ashtray
 
दिनेश पाल्पाली (दिन्श) निर्देशित फिल्म ‘चिसो एस्ट्रे’ को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आउँदो चैत ४ लाई फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रालाई फिल्ममा उतारिएको छ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा फिल्मले भन्ने निर्देशक पाल्पालीले बताए ।
 
फिल्ममा दिव्य देव, निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ । कंगारु क्रिएसन र लोकल सिनेमाको ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र सुस्मिता पराजुलीले सघाएका छन् । त्यस्तै, फिल्मको सह-निर्मातामा रुपेश ढुंगाना र नविन ढुंगाना रहेका छन् । 
 
निर्देशक पाल्पालीले फिल्मले मुख्य चार चरित्रमार्फत् मानिसको अन्तरयात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने जमर्को गरेको बताए । ‘फिल्मले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने छ,’ निर्देशक दिन्शले भने, ‘तर, आधुनिक बन्ने चक्करमा उसले आफूैंलाई गुमाउन पुग्छ । आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेटिने अरु यात्रुको कथा नै ‘चिसो एस्ट्रे’ हो ।’ 
 
यो फिल्ममा दिन्शले लेखन, निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । फिल्ममा अजर जंगमको संगीत र नोबेल फ्रिक्सको पाश्र्व संगीत रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको यस फिल्मलाई उज्जवल ढकालले सम्पादन गरेका हुन् । फिल्मलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ भने काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।