Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6721 - 6726 of 24027
एजेन्सी, मुम्बई, 2021-09-19, आईतवार

अभिनेता सोनू सूदको घर र अफिसमा छापा मारेपछि केन्द्रीय प्रत्यक्ष कर बोर्ड (आयकर विभाग) ले सोनू सूद र उनका सहयोगी विरुद्ध २० करोडभन्दा बढी ट्याक्स छलीका साथै फर्जी लेनदेन र अवैध विदेशी दानको आरोप लागेको बताएको छ । आयकर विभागले कथित कर छलीको आरोपमा मुम्बई, नागपुर र जयपुरमा सोनू सूदको विभिन्न संस्थामा गत हप्ता छापा मारेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2021-09-19, आईतवार

रिजर्भ बस्न रुचाउने अभिनेता हुन्, अनमोल केसी । उनी काम विशेष बाहेक न मिडिया न त फ्यानसँग नै प्रत्यक्ष रुपमा भेटिन्छन् । फिल्म ‘ए मेरो हजुर ३’ पछि उनी अभिनीत नयाँ फिल्म दर्शकले हेर्न पाएका छैनन् । यद्यपि, उनको पाइपलाइनमा फिल्मको कमी भने छैन । ‘ए मेरो हजुर ४’ आउँदो चैतमा रिलिज हुँदैछ भने ‘एक्स नाइन, पारस र एन्टी हिरो’ मा उनी काम गर्ने तयारीमा छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-09-19, आईतवार

सरकारले संविधान दिवस २०७८ को अवसरमा आइतवार फिल्म र संगीत क्षेत्रका व्यक्तिहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको छ । फिल्म क्षेत्रतर्फ प्रबल जनसेवाश्रीबाट रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, नवल खड्का, दीपाश्री निरौला र प्रकाश घिमिरेलाई सरकारले विभूषित गर्ने भएको छ भने गौरी मल्ल सुप्रबल जनसेवाश्रीबाट विभूषित हुने भएकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-09-18, शनिवार

‘नेपाली जनता’ नामक संस्थाले असोज ३ गते (भोली) काठमाडौंमा राजसंस्था, हिन्दु राष्ट्र र २०४७ सालको संविधान पुनर्स्थापनाको माग गर्दै निकाल्न लागेको र्‍यालीमा सहभागी हुन अभिनेता शिव श्रेष्ठले एक भिडियोमार्फत आम नागरिकलाई आग्रह गरेपछि उनी विवादमा तानिएका छन् । उनलाई ‘राजावादी’ को संज्ञा दिँदै अहिले सोसल मिडियामा विभिन्न खाले टिका-टिप्पणी भइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-09-18, शनिवार

एक समयका सफल निर्देशक दीपक श्रेष्ठले सात वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘घिन्ताङ’ को छायांकन सुरु भएको छ । किस्ताबन्दीको कोरोना महामारी र लकडाउनका कारण छायांकनमा जान नसकेको यो फिल्म शुक्रवारबाट फ्लोरमा निस्किएको हो । पनौतीको खोपासी गाउँमा पहिलो सेड्युलको छायांकन हुने निर्देशक श्रेष्ठले फिल्मीखबरलाई जानकारी दिए । 

फिल्मीखबर, काठमाडौं, 2021-09-18, शनिवार

२०७७ बैशाख १२ गतेदेखि प्रदर्शनको तयारीमा थियो, फिल्म ‘हिजो आजका कुरा’ । तर, कोरोनाको संक्रमण फैलिनबाट रोक्न सरकारले ०७६ चैत ५ गतेबाटै सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि फिल्म रिलिज रोकियो । निर्माण टिमले प्रचार-प्रसारमा समेत केही रकम खर्च गरिसकेको थियो । तर, कोरोना महामारीका कारण फिल्म रिलिज हुँदा नपाउँदा निर्माता मारमा परेका छन् । 

Results : 6721 - 6726 of 24027
Most Visited News (monthly)