
यही चैत १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हेल्लो जिन्दगी’को रोमान्टिक गीत ‘अनौठो माया’ सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा एड्रिन प्रधान र रजिना रिमालको स्वर रहेको छ । अंग्रेजी र नेपाली शब्दलाई मिश्रण गरेर तयार गरिएको गीतमा अमित श्रेष्ठको संगीत र एभरेष्ट सूर्य बोहोराको शब्द रचना छ ।

एक नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सोमवार तनहुँ जिल्ला प्रहरी कार्यालयले २१ दिन लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको थियो । प्रतिवेदन अध्ययन गरेपछि सरकारी वकिलको कार्यालयले मंगलवार दिउँसो अदालतमा मुद्धा दर्ता गरेको हो ।

चर्चित अभिनेत्री करिश्मा मानन्धर नेकपा (एमाले) मा प्रवेश गरेकी छन् । उनलाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खादा लगाएर स्वागत गरेका थिए । सातो साडी लगाएर कार्यक्रममा उपस्थित भएकी करिश्मा पार्टी प्रवेश गर्दा खुसी मुद्रामा देखिएकी थिइन् ।

सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्म ‘बाबरी’सँग सम्राट बस्नेत निर्देशित फिल्म ‘लाखे’ बक्सअफिसमा भिड्ने भएको छ । गत महिना ‘बाबरी’ले आउँदो भदौ ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । सोमवार ‘लाखे’ले पनि सोही मितिलाई प्रदर्शन मिति तोकेको छ । धेरै फिल्म रिलिजको पखाईमा रहेकाले आउँदो वर्ष प्रायः फिल्मले बक्सअफिसमा अनिवार्य भिडन्त गर्नुपर्ने देखिन्छ ।

देशमा माओवादी जनयुद्ध चर्किँरहेको समयमा अभिनेत्री करिश्मा मानन्धरका श्रीमान् तथा निर्माता विनोद मानन्धरले निर्माण गरेको फिल्म ‘बाबु साहेब’ प्रदर्शनमा आएको थियो । जनयुद्धको त्रासले हलमा दर्शक आउन छाडिसकेका थिए । ‘बाबु साहेब’ले पनि दर्शकको साथ पाउन सकेन । ठूलो लगानीमा बनाएको फिल्म नचलेपछि करिश्मा निराश भएर सन् २००३ मा अमेरिका उडिन् ।

अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले अभिनय र निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व–दीर्घ’लाई द्वन्द्व निर्देशक चन्द्र पन्तले निर्देशन गर्ने भएका छन् । सोमवार निर्मात्री ढुंगानाले चन्द्रसँग कागजी सम्झौता गरेकी हुन् । यसअघि यो फिल्मलाई नीता आफैंले निर्देशन गर्ने चर्चा थियो । तर, उनले तत्काल निर्देशन नगर्ने निधो गर्दै चन्द्रलाई एक्सन-कटको जिम्मेवारी सुम्पिएकी हुन् ।

