Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6091 - 6096 of 24027
फिल्मीखबर, काठमाडौं, 2022-03-24, बिहिवार

नेपालको पुरानो सिनेमा हलमध्ये एक हो, चावहिलमा रहेको गोपीकृष्ण मुभिज । यो हलमा देखिने दर्शकको उपस्थितिले नै देशभर फिल्मको अवस्था कस्तो छ भन्ने सजिलै आँकलन गर्न सकिन्थ्यो । निर्माताले सबैभन्दा बढी शेयर पाउने हल नै यही थियो र यही हलको बार्दलीमा उभिएर धेरै नेपाली कलाकारले आफ्नो क्रेज देखाए । तर, कोरोना महामारीसँगै यो हल बन्द अवस्थामा थियो । 

फिल्मीखबर, काठमाडौं, 2022-03-23, बुधवार

पर्यटनमन्त्री प्रेम आले मगर र बलिउड सुपरस्टार सलमान खानबीच भर्चुअल संवाद भएको छ । आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा हुन लागेको ‘द ब्याङ रिलोडेड टुर’को जानकारी दिन बुधवार काठमाडौंको होटल सोल्टीमा आयोजित एक कार्यक्रममा उनीहरुबीच करीब ७ मिनेट लामो संवाद भएको हो । सलमानलाई ‘नमस्कार’ गर्दै मन्त्री आलेले संवाद थालेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2022-03-23, बुधवार

पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने उद्धेश्यसहित आउँदो बैशाख पहिलो साता गोरखा जिल्लाको लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । बैशाख ५ गतेदेखि ७ गतेसम्म हुन लागेको महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका फिल्महरुलाई मात्र सहभागी गराइने आयोजक संस्था सेलिब्रेटी नेपालले जानकारी दिएको छ ।

एजेन्सी, मुम्बई, 2022-03-22, मंगलवार

साउथ इन्डस्ट्रीका सुपरस्टार प्रभासले फिल्म ‘बाहुबली’बाट संसारभर जबर्जस्त क्रेज बनाएका छन् । उनका फिल्मप्रति दर्शकको ठूलो अपेक्षा हुने गरेको छ । तर, ‘बाहुबली’ सिरिजपछि अभिनय गरेका कुनै फिल्मले उनको स्टारडम बचाउन सकेका छैनन् । यसअघि उनी अभिनीत फिल्म ‘साहो’ बक्सअफिसमा पछारिएको थियो । अब अर्को फिल्म ‘राधे श्याम’ पनि डुबानमा परेको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-03-22, मंगलवार

एक समय नेपाली फिल्मकी निर्विकल्प अभिनेत्री हुन्, तृप्ति नाडकर । फिल्म ‘सम्झना’बाट अभिनय यात्रा सुरु गरेकी उनले यसपछि करिअर फर्केर हेर्नु परेन । ‘साइनो’, ‘कुशुमे रुमाल’, ‘लाहुरे’, ‘कोसेली’ जस्ता यादगार फिल्ममा अभिनय गरेकी उनी पछिल्लो पटक २०७० सालमा फिल्म ‘मानव’मा देखिएकी थिइन् । तर, यो फिल्मको असफलतापछि उनी ठूलो पर्दाबाट हराएकी छन् । 

फिल्मीखबर, काठमाडौं, 2022-03-22, मंगलवार

फिल्म रिलिजको समयमा कलाकारहरुले पब्लिसिटीमा साथ नदिनु फिल्म क्षेत्रको स्थायी समस्या हो । पारिश्रमिक बुझिसकेपछि प्रायः कलाकारहरु विभिन्न बहानामा प्रचार-प्रसारबाट पन्छिन खोज्छन् अनि निर्माता तथा निर्देशकहरु मिडियामा गुनासोको पोको खोल्न सुरु गर्छन् । हुन पनि, करोडौंको लगानीमा बनाएको फिल्मको प्रचार-प्रसारमा कलाकारले साथ नदिँदा निर्मातालाई पीडा हुन्छ नै ।

Results : 6091 - 6096 of 24027
Most Visited News (monthly)