मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक आलोक नेम्वाङद्धारा आत्महत्या

फिल्मीखबर, काठमाण्डौ, 2014/11/06
मिलनसार तथा कुशल निर्देशक आलोक नेम्वाङले बिहीबार राती आफ्नै निवासमा आत्महत्या गरेका छन् । गंगबु २ स्थित ग्रयाण्ड डि भिल्ला हाउजिङमा एक्लै बस्दै आएका नेम्वाङले भर्‍याङको 'रेलिङ'मा झुण्डिएर आत्महत्या गरेको बताईएको छ ।
 
निर्देशक नेम्वाङको शवलाई रातको साढे एघार बजेतिर पोस्टमार्टमका लागि महाराजगञ्जस्थित टिचिङ हस्पिटल लगिएको छ । भोली शुक्रबार बिहान उनको शरिरको पोस्टमार्टम गरिने प्रहरीले जानकारी दियो । 
 
निर्देशक नेम्वाङलाई अन्तिम पटक हेर्न उनको निवासमा फिल्मकर्मीहरू पुगेका थिए ।  अल्पायुमै यो  संसारबाट बिदा लिएका आलोकले 'सानो संसार', 'कोही मेरो' र 'अझै पनि' फिल्म निर्देशन गरेका थिए । उनले निर्देशन गरेको पछिल्लो फिल्म 'अझै पनि' फाल्गुन १५ गते रिलिज हुँदैछ । 
 
निर्देशक नेम्वाङले अहिलेकी चर्चित अभिनेत्री नम्रता श्रेष्ठलाई 'सानो संसार'बाट डेब्यू गराएका थिए । यस्तै सोही फिल्मबाट कर्म शाक्य, विनय श्रेष्ठले पनि डेब्यू गरेका थिए । 
 
पहिलो फिल्म 'सानो संसार'बाट नै उचाई पाएका आलोकको दोस्रो फिल्म 'कोही मेरो'ले सोचे अनुरूपको सफलता पाएको थिएन । दोस्रो फिल्मबाट सफल हुन नसकेपछि आलोकले पाँच बर्ष फिल्मा निर्देशनमा बिश्राम लिएका थिए । पाँच बर्षपछि उनले 'अझै पनि' निर्देशन गरेका हुन् । यस्तै उनले 'जात्रा' नामक फिल्म निर्देशन गर्ने तयारी गर्दै थिए ।
 
गायक नविन के भट्टराईको 'लाखौंं पटक मैले कोसिस गरें' बोलको गीतको म्यूजिक भिडियोबाट आफ्नो निर्देशन यात्रा थालेका नेम्वाङ म्युजिक भिडियो निर्देशनमा अग्र पंक्तिमा गनिने निर्देशक हुन् । सञ्चारकर्मी समेत रहेका निर्देशक नेम्वाङ एउटा कुशल करियोग्राफर पनि हुन् । 
 
उनको आत्महत्याको कारणबारे अझै केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।