कार्तिक १ गते हुने भनिएको सातौं संस्करणको नेफ्टा अवार्ड दुई दिन पर सरेर कार्तिक ३ मा पुगेको छ । आयोजक एस के फिल्मस् प्रालिका प्रमुख निर्माता सुनिल कुमार थापाले प्राविधिक कारणले २ दिन पर अवार्ड धकेलिएको बताए ।
तिहार शुरू हुने एक दिन अगाडी हङकङमा नेपाली फिल्म क्षेत्रका हस्तिहरूमाझ अवार्ड वितरण हुनेछ । नेपालबाट निर्माता सुनिल कुमार थापाको कम्पनी एसके थापा प्रोडक्सन र हङकङ तर्फबाट विनय शाहको संयोजकत्व रहेको ग्रेट पर्फेक्ट लिमिटेडले चलचित्र प्राविधिक संघसँग सहकार्य गरी अवार्ड आयोजना गर्दैछ ।

