Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

श्री ५ अम्बरे गीत : आँखैअघि जल्यो घर

फिल्मीखबर, काठमाण्डौ, 2014/09/20
प्रतिक्षित फिल्म 'श्री ५ अम्बरे'ले नयाँ गीत सार्वजनिक गरेको छ । 'आँखै अघि जल्यो मेरो' बोलको उक्त गीतमा सौगात मल्ल र केकी अधिकारीको अभिनय देख्न सकिनेछ । फिल्म्को उक्त गीतमा बालकलाकारहरु अविरल अधिकारी र सफोला भट्टराईको अभिनय समेत देख्न सकिनेछ । 
 
 
प्रस्तुत गीतको छायाकंनको क्रममा सौगात मल्ल २ रात लगातार पानीमा रुझेका कारण अस्वस्थ भई सुटिङ रोक्नु परेको थियो । शिव परियारको स्वरमा कालीप्रसाद बाँस्कोटाको संगीत रहेका उक्त गीतलाई लेखक समेत रहेका अभिमन्यू निरवीले लेखेका हुन् । जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित फिल्मलाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् । 
 
मंसीर ५ गते रिलिज हुने यस फिल्ममा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राइ , मार्टिन खान, राज गोदाइली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ । टि. एन. आचार्य र दिपक आचार्य निर्माता रहेको यस फिल्मलाई डिजिटल सिनेमा नेपालले वितरणको जिम्मा लिएको छ । 
Most Visited News (monthly)