मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

एकादेशमा फिल्म फेस्टिभल शुरु

फिल्मीखबर, काठमाण्डौ, 2014/09/20
'सबै मिलेर एउटा तरंग ल्याउँ' भन्ने नाराका साथ शुक्रवारबाट राजधानीमा चार दिने ‘एकादेशमा फिल्म फेस्टिभल’ शुरु भएको छ । कुमारी हलमा आयोजित फेस्टिभलको उद्घाटन समारोहमा अभिनेता राजेश हमाल र अभिनेत्री गौरी मल्लसहित दर्जनौं फिल्मकर्मीको उपस्थिती थियो ।  
 
अण्डरग्राउण्ड टाकिजले आयोजना गरेको तीन दिने फेस्टिभलमा  २७ देशका ६९ फिल्म सहभागी छन् । फेस्टिभलको पहिलो दिन तीनवटा फिल्महरू  नेपाली फिल्म 'काफल पाक्यो', जर्मनीको 'र्याप्ड' र भारतको राष्ट्रिय अवार्ड जितेको 'तमास' प्रदर्शन गरियो । 
 
यस फेस्टिभल दुई खण्ड अन्तरगत सञ्चालन हुँदैछ । जसमा फुलको माला खण्डमा विदेशी र नेपाली फिल्मविच प्रतिष्पर्धा हुनेछ भने सुनको माला खण्डमा कलाकार, निर्माता, निर्देशक, सम्पादक र छायांकरहरुसंग अन्तरक्रिया गरिदैछ ।
 
फेस्टिभलमा नव फिल्मकर्मीदेखि स्थापित फिल्मकर्मीले बनाएका बालबालिकाको कथादेखि सामाजिक बिषय बोकेका कथाका फिल्महरू सहभागी छन् । महोत्सवमा एक उत्कृष्ट फिल्मलाई जुरी अवार्ड प्रदान गरिने छ जसले नगद रू ५१ हजार प्राप्त गर्नेछ । यस्तै पब्लिक च्वाईस अवार्ड पाउनेले २५ हजार र एक जना उत्कृष्ट फिल्मकर्मीलाई प्रोत्साहन स्वरूप २५ हजार नगद दिईने छ । अभिनेत्री गौरी मल्लसहित पूजा गुरूङ र सुजन चित्रकार महोत्सवका जुरी हुन् ।