मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 3.82/5.00)
Text size:-
+
-

असोजमै पूजाको यादमा सुदर्शनलाई प्रेम दिवस (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2014/09/20
प्रेम दिवस फागुनमा पर्छ । तर, प्रेम गर्नेका लागि सधैं नै माया गर्ने पर्व हो पनि भनिन्छ । रियल लाइफमा समेत प्रेममा परेको खबरले निर्देशक सुदर्शन थापा र कलाकार पूजा शर्मालाई चर्चामा ल्याइरहेको हुन्छ । पूजा र सुदर्शनको प्रेम रिल लाइफमा छ या छैन उनीहरुले नै जान्ने कुरा हो । तर, रिल लाइफमा भने सुदर्शनको प्रेम पूजाप्रति छल्किएको छ ।
 
प्रदर्शन हुनुभन्दा करिब ६ महिना अगावै फिल्म 'अझै पनि'को प्रेम दिवस बोलको गीत सार्वजनिक गरिएको छ । हरि लम्सालको स्वर तथा संगीत रहेको गीतमा संजिव थापाले मन छुने शब्द कोरेका छन् । आलोक नेम्वाडले यो भिडियोमा कलात्मक जादु प्रस्तुत गरेका छन् । पूनम गौतम र सुदर्शन थापाको निर्माणमा तयार भएको यो फिल्मलाई आलोक नेम्वाडले निर्देशन गरेका हुन् ।
 
सार्वजनिक गीतमा गाउँका आकर्षक दृश्यहरुलाई कलात्मक तवरले प्रस्तुत गरिएको छ । यो फिल्ममा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, रामशरण पाठक, विपना धिमाल लगायतका कलाकारको अभिनय छ । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा सुदर्शन थापा प्रोडक्शनको प्रस्तुतीमा निर्माण यो फिल्म फाल्गुण १५ गतेबाट प्रदर्शनमा आउने छ ।