निर्देशक राजु गिरीको नयाँ फिल्म 'टाइगर द रियल हिरो'लाई चलचित्र सेन्सर बोर्डले 'पिजी' सर्टिफिकेट दिएको छ । फिल्ममा समावेश केही दोहोरो अर्थ लाग्ने संवाद र 'हरर' दृश्यका कारण सेन्सरले 'पिजी' सर्टिफिकेट दिएको निर्देशक गिरीले जानकारी गराए ।

शुभेच्छा थापा, अशोक फुयाँल, सुशान्त कार्की, दिपक कंडेल, समिक्षा अर्याल, सुरज रानाभाट लगायतका कलाकारकाले अभिनय गरेको यो फिल्मले प्रदर्शन मिति तय गरेको छैन । फिल्मलाई शंकर गिरी र काजोल गिरीले निर्माण गरेका हुन् ।
निर्देशक गिरी फिल्म नगरीमा गुणस्तर भन्दा पनि विभिन्न स्क्याण्डलले चर्चामा आउन सिपालु मानिन्छन् । उनका प्राय फिल्ममा दोहोरो अर्थ लाग्ने संवाद र दृश्य हुन्छन् ।

