मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.75/5.00)
Text size:-
+
-

सरोजदेखि विराजलाई क्रेज फर्काउन गाह्रो !

फिल्मीखबर, काठमाण्डौ, 2014/09/19
दु:खमा साथ नदिने र आफ्नो मात्र हेर्नेलाई अरुले पनि साथ दिदैनन् भनिन्छ । नेपाली फिल्ममा पनि यस्तै कुरा लागू भैरहेको छ । फिल्म नगरीमा आवश्यकता भएको समयमा भविष्य खोज्दै अन्यत्र जाने कलाकारलाई यो क्षेत्रले स्विकार गर्न गाह्रो मानिरहेको छ ।
 
अभिनेता सरोज खनाल फिल्म क्षेत्रमा एक उचाइमा पुगेको समयमा एकाएक अमेरिका भासिए । उनी १४ बर्षपछि फिल्म खेल्न आए । तर उनलाई न त दर्शकले पत्याए न त फिल्मकर्मीले नै । उनले अभिनय गरेको फिल्म ‘मानव’ असफल भयो । आफ्नो खुम्चिएको क्रेज उनले पनि बुझे र फेरि अमेरिका हानिए ।
 
सरोज पुन: 'नाईं नभन्नु ल २' मार्फत फर्किए । उक्त फिल्ममा पनि सरोजको खासै गुनगान भएन । कुशल अभिनेता खनाल यसरी दर्शकको नजरबाट ओझेल पर्नु पक्कै खुसीको कुरा हैन । उनलाई आफ्नो क्रेज फर्काउन पक्कै गार्‍हो पर्ने छ । 
 
अभिनेत्री करिश्मा मानन्धर पनि लामो समय अमेरिका बसेर नेपाल फर्किइन् । तर, अमेरिका जानुअघि उनको जुन क्रेज थियो, त्यो आज बन्न सकेको छैन । फिल्ममा सानो भूमिका पाउनु बाहेक करिश्माको चर्चा सुन्दरताले मात्र हुन्छ । उनको हातमा यतिबेला थोरै मात्र फिल्म छन्, तर पनि उनी पुरानो अवस्था फर्काउने कसरतमा लागेकी छिन् ।
 
अभिनेता रमेश उप्रेती र गौरी मल्ल पनि नेपाल फर्किएका छन् । तर, दुबैलाई यहाँ जम्न सजिलो देखिएको छैन । कुनै बेलाका सफल अभिनेता उप्रेतीलाई फिल्म बजारमा फर्कन धौ-धौ नै भएको छ । उनलाई करिश्मा मानन्धरले साथ दिइरहेकी छिन् । रमेशको पुरानो क्रेज अब फर्कला त ? 
 
अभिनेता विराज भट्ट हुन् या निखिल उप्रेती, दुबै जनाले पनि नेपाली फिल्म क्षेत्रलाई आवश्यकता परेको बेलामा चटक्क छोडे । विराज भोजपुरीको मायामा फसे भने निखिल मुम्बई पसे । यि दुई उचाईमा रहेका बेला फिल्म क्षेत्र पनि उचाईमा पुगेको थियो । निखिल र विराज हराए, फिल्म क्षेत्रले पनि गति छोड्यो । 
 
आज फिल्म क्षेत्रले आफ्नो गति समातिरहेका बेला पुन: यि दुई कलाकार कमब्याक गर्न चाहन्छन् । निखिल आँफै निर्देशक बनेर कमब्याकको तयारीमा छन् । विराजलाई लिएर फिल्म बनाउन खोजेका निर्माताहरु पछि हटेपछि उनलाई भने पक्कै तनाव भएको छ ।