फिल्म ‘पुनर्जन्म’को प्रोमो गीत रिलिज गरिएको छ । 'किन जिन्दगी अन्धकार लाग्छ' बोलको स्याड गीतमा अन्जु पन्तको स्वर रहेको छ भने शब्द तथा संगीत जयन्त शर्माको रहेको छ ।
सार्वजनिक प्रोमो गीतमा फिल्मका मुख्य चार पात्र आर्यन सिग्देल, केकी अधिकारी, गजित विष्ट र सुस्मिता शाही उदास मुडमा प्रस्तुत भएका छन् । सजन श्रेष्ठको डेब्यु निर्देशन रहेको ‘पुनर्जन्म’मा मोहनकृष्ण श्रेष्ठ र भद्र बहादुर शाहीको लगानी छ ।