Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनिताको `सरी ल`

फिल्मीखबर, काठमाण्डौ, 2014/09/18
फिल्म 'सरी ल'बाट नेपाली रजतपटमा भित्रिएकी अभिनेत्री अनिता आचार्य यो क्षेत्रमा आउन नै चाहन्नथिन् । फिल्म क्षेत्रमा नआउने बरु पर्दा पछाडी नै बस्ने उनको सोचाई थियो । तर, उनको सोच फेल खायो ।  
 
फिल्म क्षेत्रका बारेमा अनिता खासै सकारात्मक थिईनन् । निर्देशक ऋषि लामिछानेले फिल्म 'सरी ल'का लागि अफर गर्दा उनले ग्रिन सिग्नल दिन गार्‍हो मानिन् । फिल्म क्षेत्र खासै राम्रो नरहेको भ्रम पालेकी अनितालाई ऋषिले फिल्म क्षेत्रमा आउन मन नगरे पनि आफूले पूजा गर्ने क्षेत्रका बारेमा नकारात्मक कुरा नगर्न अनुरोध गरेको उनी अझै सम्झन्छिन् ।
 
ऋषिको सकारात्मक सोच र फिल्मको कथावस्तुले अनिताको मन मोडियो । जब उनी फिल्ममा काम गरिन् तब उनको बुझाई गलत भयो । 'यो क्षेत्र राम्रो रहेछ,' अनिता भन्छिन् ।अनिताले अभिनय गरेको फिल्म 'सरी ल' कात्तिक २१ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मबाट अनिताले ठूलो आश पनि गरेकी छिन् ।
 
अनिता चर्चामा रहन भन्दा पनि पर्दा पछाडि नै बस्न रुचाउछिन् । सायद, यही भएर होला उनलाई फिल्म नगरीमा सोझी नायिका भनेर धेरैले चिन्छन् रे । सोझी भन्दा भन्दै फिल्मको अफर पनि सोझो भूमिकाका लागि नै आउने गरेको उनी बताउँछिन् ।
 
सुवास थापा, राजन खतिवडाको साथमा अभिनय गरेकी अनिताले 'सरी ल' लगतै 'अलबिदा'मा काम गरेकी छिन् । यो फिल्ममा अनिताले आर्यन सिग्देल र हसन खानसँग स्क्रिन सेयर गरेकी छिन् । 
Most Visited News (monthly)