साँगीतिक रूपमा अब्बल देखिएको फिल्म 'स्टुपिड मन'को 'स्याड भर्सन'को गीत रिलिज गरिएको छ । 'मजधारमा' बोलको गीतमा फिल्मका मुख्य चार पात्रहरू जीवन लुईंटेल, चाँदनी शर्मा, निरज बराल र रिजु श्रेष्ठले आफ्नो मनको पीडा पोखेका छन् ।
अर्जुन पोखरेलको संगीत तथा दयाराम पाण्डेको शब्द रहेको प्रस्तुत गीतमा दुर्गा खरेल र राज सिग्देलको स्वर रहेको छ । कार्तिक ७ गते रिलिज हुने यो फिल्मलाई निरज बराल र विवेक शाहीको निर्माणमा दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । प्रेम कथामा बनेको यो फिल्ममा सामिप्य तिमल्सिनाको पटकथा तथा संवाद छ ।

