Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संघर्षले खारिएका अभय

फिल्मीखबर, काठमाण्डौ, 2014/09/16
फिल्म 'सपथ'मा अभिनय गरेका कलाकार अभय चन्द अहिले फिल्म नगरीमा जम्ने तयारीमा छन् । उनले अभिनय गरेको पछिल्लो फिल्म 'हिम्मतवाली' फूलपातीको अवसर पारेर प्रदर्शनमा आउँदैछ ।
 
फिल्म क्षेत्रमामा लागेको करिब १२ बर्ष वितिसक्दा पनि अभय संघर्ष नै गरिरहेका छन् । उनी हाल फिल्म 'कुर्वान'को छायांकनमा व्यस्त छन् । हिरो बन्नका लागि उनले खुबै मिहिनेत गरे । व्यस्त हुने र चर्चामा आउने आशमा उनी कहिले नृत्य सिक्न पुगे त कहिले द्धन्द । तर, उनले सोचेजस्तो अझै भएको छैन ।  
 
निर्माता छविराज ओझाको नमस्ते नेपाल नामक अफिस अगाडिबाट उनले कयौं जिन्दगीका पाइलाहरु अघि सारे । छविको अफिसमा पुगेर पनि उनले फिल्म खेलाइदिने आग्रह गर्न सकेनन् । २ बर्ष अघि फिल्म 'हमेशा'को सिलसिलामा अभय र छविको भेट भयो । छबिको फिल्म खेल्ने चाहना पनि पूरा भयो ।  
 
'एक्सन फिल्ममा बिशेष जम्न सक्छु', अभय भन्छन् । तर, फिल्मको रंगिन दुनियाँमा उनलाई कहाँ कसरी पाइला चाल्नु पर्छ भन्ने नै थाहा छैन । यसैले पनि उनका लागि फिल्म नगरी १२ बर्षमा पनि कहिलेकाही नयाँ झै लाग्छ ।
 
अभयका लागि फिल्ममा अभिनय गर्नु एउटा 'प्यासन'  हो । यही क्षेत्रमा लागेर करिअर र भविष्य बनाउछु भनेर नै १२ बर्ष संघर्ष गरेको उनको तर्क छ । एकदिन सबैको नजरमा पर्ने विश्वास लिएका अभय भन्छन्, 'जतिसुकै सफल भएपनि म आफ्नो संघर्ष र धरातललाई विर्सन सक्दिन ।'
Most Visited News (monthly)