Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म हिट बनाउन मन्दिरमा `अझै पनि`

फिल्मीखबर, काठमाण्डौ, 2014/09/16
फागुन १५ मा रिलिज मिति तोकिएको नेपाली फिल्म ‘अझै पनि’ युनिटले प्रचार-प्रसारको थालनीको लागि मंगलवार भगवानको चरण छोएको छ । फिल्म निर्माण टिमले राजधानीको कमलादिस्थित गणेश मन्दिरमा पूजा गरेर प्रचारको साईत निकालेको हो । 
 
 
 
पूजामा सहभागी हुन निर्माता पुनम गौतम, निर्देशक आलोक नेम्वाङ्, कलाकारहरु सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, रामशरण पाठक, विपना धिमाल लगाएत साथै क्यामेराम्यान राजेश श्रेष्ठ, सह-निर्देशक बसन्त अधिकारी पुगेका थिए । फिल्म युनिटले भगवानको चरण छोएर सफलताको आशिर्वाद थापे । 
 
 
 
'अझै पनि' सामाजिक कथामा बनेको निर्देशक आलोक नेम्वाङ्ले बताए । 'फिल्मले प्रेमकथा मात्र होइन सम्पूर्ण समाज र त्यसभित्रका कथालाई बोल्छ’, नेम्वाङ्ले भने । पुनम इन्टरटेनमेण्टको ब्यानरमा सुदर्शन थापा प्रोडक्सनको प्रस्तुती रहेको ‘अझै पनि’लाई पुनम गौतम र सुदर्शन थापाले मिलेर निर्माण गरेका हुन् ।
Most Visited News (monthly)