Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

अम्बरे राजा हेर्न अभिभावक चाहिने

फिल्मीखबर, काठमाण्डौ, 2014/09/16
२०७१ सालको प्रतिक्षारत फिल्म 'श्री ५ अम्बरे'ले पिजी(अभिभावकको प्रत्यक्ष निगरानी) सर्टिफिकेट पाएको छ । मंगलबार बिहान सेन्सर बोर्डका सदस्यहरूले फिल्म हेरेपश्चात अम्बरेलाई 'पिजी' सर्टिफिकेट दिएका हुन् ।     
 
 
सेन्सर वोर्डका सदस्यहरूले 'श्री ५ अम्बरे' विषयगत रुपमा राम्रो रहेको प्रतिकृया दिएको निर्माता दिपक आचार्य बताए । जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित यस फिल्मलाई दीपा बस्नेतले निर्देशन गरेकि हुन् । फिल्ममा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई, मार्टिन खान, राज गोदाइली लगायतले अभिनय गरेका छन् । 
 
 ‘श्री ५ अम्बरे’ले समाजमा रहेको राजा बन्न चाहने एक पात्रको कथामा आधारित छ जसको शिर्ष भूमिकामा सौगात मल्ल छन् ।  अभिमन्यु निरवीले लेखेको यो फिल्ममा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत गरेका छन्  चन्दन दत्तको सम्पादन रहेको फिल्मलाई गणेश श्रेष्ठले छायाँकन गरेका हुन् ।
 
टि. एन. आचार्य र दिपक आचार्य निर्माता रहेको यस फिल्मलाई डिजिटल सिनेमा नेपालले वितरण गर्नेछ । फिल्म मंसीर ५ गते देशभर एकसाथ प्रदर्शन हुनेछ ।
 
Most Visited News (monthly)