चर्चित अभिनेता सुनिल थापा विरामी भएका छन् । भाईरल फिभवरका कारण थापालाई अस्पतालमा भर्ना गरिएको छ । थापा हाल जावलाखेल स्थित अल्का हस्पिटलमा उपचारार्थ छन् ।

बलिउड फिल्म 'मेरी कोम'मा अभिनय गरेसँगै आफ्नो चर्चालाई चुलाएका सुनिल अहिले डाक्टरको निगरानीमा छन् । उनको स्वास्थलाई लिएर चिन्ता गर्नुपर्ने कारण नरहेको बताईएको छ ।
भोली बुधबार मुम्बई फर्किने तयारी गरेका सुनिल विरामी भएका कारण अड्किएका छन् । सुनिललाई सिघ्र स्वास्थ्य लाभको कामना !

