मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

छोटा फिल्महरूको मेला लाग्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/09/15

काठमाण्डौमा छोटा फिल्महरूको मेला लाग्ने भएको छ । आउँदो असोज ३ देखि ५ गतेसम्म कुमारी हलमा 'एकादेशमा' नामक फिल्म फेस्टिभल चल्नेछ । अण्डरग्राउण्ड टाकिजले आयोजना गर्ने यो तेस्रो संस्करणको फिल्म फेस्टिभलमा २७ देशका ६९ फिल्म सहभागी छन् ।

 

 

उक्त महोत्सवमा १७ वटा फिल्महरूको वर्ल्ड प्रिमियर गरिने सोमबार आयोजित प्रेसमिटमा जानकारी दिईयो । आयोजकका अनुसार सहभागी फिल्म मध्ये १७ वटा नेपाली फिल्मले सहभागीता जनाउँदै छन् । नव फिल्मकर्मीदेखि स्थापित फिल्मकर्मीले बनाएका फिल्महरूमा बालबालिकाको कथादेखि सामाजिक बिषय बोकेका कथा सहभागी फिल्ममा हेर्न सकिने आयोजकले जानकारी दियो ।  

 

 

यो महोत्सवले बिभिन्न मुलुकका बिभिन्न फिल्मले बिभिन्न समूहका दर्शकका लागि नयाँँ अनुभुति र बदलिंदो परिवेशको अनुभव गराउने आयोजकको विश्वास छ । महोत्सवमा एक उत्कृष्ट फिल्मलाई जुरी अवार्ड प्रदान गरिने छ जसले नगद रू ५१ हजार प्राप्त गर्नेछ । यस्तै पब्लिक च्वाईस अवार्ड पाउनेले २५ हजार र एक जना उत्कृष्ट फिल्मकर्मीलाई प्रोत्साहन स्वरूप २५ हजार नगद दिईने छ । अभिनेत्री गौरी मल्लसहित पूजा गुरूङ र सुजन चित्रकार महोत्सवका जुरी हुन् ।