मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ज्योतिषको पछि लाग्दा पत्रकारलाई सास्ती

फिल्मीखबर, काठमाण्डौ, 2014/09/15
निर्माता गोविन्द शाही निर्देशक नै नआएको भन्दै थिए । निर्देशक सुरेन्द्र पौडेल भने पत्रकारलाई बोलाएर आफै देखिएनन् । १० बजे भनिएको कार्यक्रम सवा १२ बजेसम्म सुरु नहुँदा पत्रकारहरु हिड्ने तरखरमा देखिए ।
 
 
निर्देशक पौडेलले भने ज्योतिषको समय अनुसार १२ बजेर ४१ मिनेटमा गीत देखाउने तयारी गरेका रहेछन् । फिल्मको एउटा गीत सार्वजनिक गर्दा पनि ज्योषिले भनेकै समयमा देखाउनु पर्ने पौडेलको वुझाई अचम्मकै थियो । सम्पादकबाट निर्देशक बनेका सुरेन्द्र पौडेलका लागि ‘आभाष’को व्यापार कतिसम्म महत्वपूर्ण छ भन्ने कुरा ज्योतिषप्रतिको विश्वासले देखायो ।  
 
सार्वजनिक नयाँ गीतमा फिल्मका मुख्य कलाकार सलोन बस्नेत, संयम पुरी, आश्मा डिसीलाई फिचरिङ गरिएको छ । संयम पुरीकी प्रेमिका तथा सञ्चारकर्मी आश्मा यसै फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गर्दै छिन् ।  फिल्ममा निशा अधिकारी, रविन्द्र खड्का लगायतका कलाकारले पनि अभिनय गरेका छन् । 
 
निर्देशक पौडेलले भने फिल्मले यूवाहरुको हाँसो, खुशी र दिकदारीको कथा बोल्ने बताए । कलाकारत्रय सलोन, आश्मा र संयमले 'आभाष'मा काम गर्दा निकै रमाईलो लागेको अनुभव सुनाए । यो फिल्म पौष २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।