मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.00/5.00)
Text size:-
+
-

रजिनाले पानीमा उफारिन् दर्शक

मणिराज गौतम, हेटौंडा, 2014/09/14
' कृषि, पर्यटन व्यापार मेला थाहा महोत्सव–२०७१'मा आइतबार चर्चित गायिका रजिना रिमालले उत्तरी मकवानपुरबासीलाई भरपुर मनोरञ्जन प्रदान गरिन् । विहानैदेखि परेको पानीको कुनै परवाह नगरी मेला स्थल इन्द्रायणी चौरमा आएका मेला अवलोकनकर्तामाझ रजिनाले 'पानीको थोपा जस्तै' बोलको गीतबाट संगीत प्रेमीहरूलाई झुलाइन् ।
 
रजिनाले 'नाइ नभन्नु ल', 'म मर्ने बेला', 'तिमीसँग ज्यूने मर्ने चाहना', 'जुनको ज्योती' लगायत चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन् । संगीतको तालमा पानीको कुनै परबाह नगरी मेला हेर्न आएका दर्शकहरू भिजेरै नाचेका थिए ।
 
चर्चित हाँस्यब्यंग्यकार सुवोध गौतमले देशका विभिन्न पार्टीका शीर्ष नेताहरुको आवाजहरु निकालेर सबैलाई हँसाएका थिए । उदियमान गायक तथा संगीतकार टंक बुढाथोकीले पनि 'हिम्मतवाली' फिल्मको चर्चित गीत 'काली तिम्रो नजरैले'सहित 'किन गाह्रो गाह्रो हुन्छ' बोलको गीत प्रस्तुत गरेका थिए ।