मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`रंग बैजनी`मा रंगिन प्रेम (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/09/14
१२ वर्षको अन्तरालपछि फिल्म निर्देशनमा फर्किएका शम्भू प्रधानको फिल्म ‘रङ वैजनी’को शिर्ष गीत सार्वजनिक भएको छ। उक्त गीतमा मुख्य तीन पात्र गरिमा पन्त, सुमिना घिमिरे र दिक्पाल कार्कीले बैजनी रंगमा आफ्नो प्रेम रंग मिसाएका छन् । 
 
नुतन प्रधानको कथामा बनेको 'रंग बैजनी'को प्रस्तुत गीतमा दीप प्रधानको संगीत तथा स्वर शितल मोक्तान र दीप प्रधानको रहेको छ भने शब्द तथा कोरियोग्राफी नुतन प्रधानको रहेको छ । फिल्मलाई सशांक प्रधानले खिचेका हुन् ।  
 
 ‘रंग बैजनी’ले मानिसको जीवनका रंगहरुलाई प्रस्तुत गर्नेछ । निर्देशक प्रधान भन्छन्, 'मानिसका बिभिन्न रंग हुन्छन् । जब हरेक प्रकारका रंग मिसिन्छ तब त्यो बैजनी हुन्छ । फिल्मले पनि यहि बिषयलाई उठान गरेको छ ।' यो फिल्म मंसिर १९ गते रिलिज हुँदैछ ।