Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 1.50/5.00)
Text size:-
+
-

देखाएरै चल्न खोज्ने अभिनेत्री कता बेपत्ता ?

फिल्मीखबर, काठमाण्डौ, 2014/09/11
२ बर्ष भाइरल बनेको सेक्सी फिल्मको निर्माण क्रम अहिले सुस्त छ । समाजलाई नै असार गर्ने खालका फिल्म बनाएर कमाउन खोज्नेहरु त डुबे नै, अभिनय गर्नेपनि खोज्नु पर्ने नै गरि हराएका छन् । अंगप्रदर्शन गरेर चर्चामा आइन्छ भन्नेहरुको अहिले अस्तित्व खोज्नु पर्ने भएको छ ।
 
 
हराएका अभिनेत्रीहरूको भिडमा सर्वाधिक अगाडि आउछिन्, जीया केसी । एटीएम, बर्बाद, रंग वे जस्ता फिल्ममा आफ्नो अभिनय भन्दा पनि जवानी देखाएकी केसीको अहिले फिल्म नगरीमा कुनै चहलपहल छैन । उनी यतिबेला आफ्नै गृहस्थान इलामतिर रहेको वुझिन्छ । भूवन केसीसँगको हिमचिमका कारण चर्चामा आएकी जीया फिल्मको पर्दामा किस सिनदेखि बेडसिनसम्म तहल्का त मच्चाइन् तर क्षणिक समयका लागि ।
 
यही भिडमा अर्की अभिनेत्री आइन् सोनिया केसी । फिल्म 'सिलसिला'मा उनले राज तिमिल्सिनासँग लिप किस गर्दा हंगामा नै भयो । सोनियाका फिल्मले पनि व्यापारिक रुपमा उम्दा व्यापार गरेनन् । सोनिया पनि फिल्ममा पहिरन खोल्न माहिर मानिन्थिन् । फोटोसुट होस् या मिडियासँगका कुराकानी नै किन नहोस्, सोनियाको हट जवानीको चर्चा सधै नै भयो । तर, केसी थरकी यी अभिनेत्रीलाई पनि फिल्म नगरी फापेन । उनी बिहे गरेर अहिले पलायन जस्तै छिन् ।
 
फिल्म नगरीमा आक्कल झुक्कल समाचारको शिर्षकमा आउछिन्, जेनिशा केसी । गतबर्ष प्रदर्शनमा आएको 'आधी बाटो'मा निर्मातासँगको निकटताका कारण जेनिशाले प्रचारमा राम्रै उचाइ पाइन् । तर, फिल्म असफल भएसंगै उनको चर्चा सेलायो । उसो त जेनिशाका केही फिल्म प्रदर्शनमा आउन बांकि नै छन् । तर, उनी दिनहुँजसो चर्चामा आउने र अभिनयमा छाप छोड्न सक्ने अभिनेत्री भन्दा धेरै पर छिन् ।
 
हालै मात्र सम्पन्न भएको एक अवार्ड समारोहमा केही खुलेको पहिरन लगाएर पुगेकी जेनिशा मिडियामा पर्न सकिनन् । न त उनको पहिरनको नै चर्चा भयो न त उनका बारेमा कुनै चर्चा नै भए । सायद जेनिशाको मिहिनेत खेर गयो होला । यस्तै 'युज' फिल्ममा हट सिन दिएकी सिमा केसी पनि अहिले गुमनाम जस्तै छिन् । 
 
केसी अभिनेत्रीहरू मात्र होइन, फिल्म नगरीमा विभिन्न कारणले जम्न खोज्ने धेरै अभिनेत्रीहरू यतिबेला हराए जस्तै छन् । सिमित अभिनेत्री नै फिल्ममा दोहोरिएका छन् भने मिडियामा पनि उनीहरुकै चर्चा हुन्छ । अन्यहरुको उपस्थित भने हुनका लागि मात्र छ भन्दा फरक नपर्ला ।

 

Most Visited News (monthly)