Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हलमा गोर्खालीको `निशानी`

फिल्मीखबर, काठमाण्डौ, 2014/09/11
इन्डियन आइडल प्रशान्त तामाङ ‘गोर्खापल्टन’पछि फेरि एकपटक लाहुरे बनेको फिल्म ‘निशानी’ भोलि शुक्रबार रिलिज हुने भएको छ । काठमाडौंको राइजिङ मलस्थित क्युज सिनेमामा बिहीबार यहि फिल्मको प्रेस शो गरियो । यस्तै यहि फिल्म आजै हेटौंडामा शुरू हुन लागेको फिल्म पत्रकारको तीन दिने कार्यशालामा पनि देखाइयो ।   
 
 
विनोद सेरेङद्वारा निर्देशित फिल्म सन् १९९९ को कार्गिल युद्धमा गोर्खालीले प्रदर्शन गरेको बहादुरीमा आधारित छ । कार्गिलको खलुबार लडाइँमा गोर्खालीको कमान्डिङ कर्नेल ललित राईले गरेका थिए । फिल्मको कथा उनै ललितको भोगाइबाट प्रभावित रहेको निर्देशक सेरेङले बताए ।
 
यसअघि ‘देउमाईको किनारमा’, ‘बलिदान’ र ‘नुमाफुङ’मा गरेको अभिनयबाट चिनिएका प्रेम सुब्बा ‘निशानी’का चार निर्मातामध्ये एक हुन् । उनलाई निर्माणमा सरोज भण्डारी, ललिता सेरेङ धौबडेल र किशोर दुङमाली राईले सघाएका छन् ।
 
 
प्रशान्तसहित प्रेम सुब्बा, जयनन्द लामा, सिरु बिष्ट, कोपिला थापा, सुरज भट्ट, अनु गुरुङ, बिष्णु चेम्जोङ लगायतको अभिनय रहेको फिल्ममा प्रेम सुब्बा र प्रशान्त तामाङ दुवैले इन्डियन लाहुरेको भूमिका निर्वाह गरेका छन् । दुवै एउटै पल्टनका हुन्छन् र रणमैदानमा दुश्मनविरुद्ध मिलेर लड्छन् ।
 
’यो मेरो फिल्म अफ बिट होइन, तर वास्तविक घटनालाई उप्काउने प्रयास गरेको छु,’ निर्देशक सेरेङले भने, ‘गोर्खालीहरुले थुप्रै निशानी छाडेर गएका छन्, हामीले पनि छोडनुपर्छ, यो फिल्म मेरो निशानी नै होस् ।’
 
 
‘निशानी'मा निर्देशक विनोद सेरेङको पटकथा लेखन, युवराज राईको छायांकन, जनक गुरुङको द्वन्द्व निर्देशन, गोविन्द राई र शिव बिकको नृत्य निर्देशन, बिबी अनुरागीको संगीत, विपिन मल्ल र सुरज श्रेष्ठको सम्पादन छ ।
Most Visited News (monthly)