स्क्रिप्ट राईटर शिवम् अधिकारी अब निर्देशक बन्ने भएका छन् । उनले निर्देशन गर्न लागेको फिल्मको नाम 'नालापानी' राखिएको छ । यो फिल्मको छायांकन चाडै नै सुरु हुने बताइएको छ ।
फिल्मलाई केहि समयदेखि भारतको मुम्बइमा बस्दै आएका निर्माता रिमेश अधिकारी र उनको टिमले निर्माण गर्दैछ । फिल्मको कथा लेख्नकै लागि शिवम् केही समयदेखि मुम्बइमा बस्दै छन् । फिल्ममा अभिनेताको रुपमा सविन श्रेष्ठ रहने पक्का भएपनि अरू कलाकार फाइनल गरिएको छैन ।
फिल्मले नालापानीको कथावस्तुलाई चित्रित गर्ने वुझिएको छ । लेखकबाट निर्देशक बन्न लागेका शिवम् अधिकारीले यो प्रोजेक्ट दुई बर्ष भित्र तयार हुने बताए । 'अहिले रिसर्चमा छौं,' अधिकारीले फिल्मको बारेमा धेरै बोल्न चाहेनन् ।
स्क्रिप्ट राईटर अधिकारीले दर्जनौं फिल्मको कथा लेखिसकेका छन् जसमध्ये थुप्रै फिल्म व्यवसायिक रूपमा पनि सफल छन् । अबभने उनी आफ्नै निर्देशनमा सफल फिल्म दिन खोज्दैछन् ।

