Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सपना तिम्रो मेरो` बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/09/11
नेपाली फिल्म बजारमा एक नयाँ फिल्म थपिएको छ । निर्देशक ऋषिराज आचार्यले फिल्म 'सपना तिम्रो मेरो' बनाउने भएका छन् । आज बिहीबार बिहान काठमाण्डौको भद्रकाली मन्दिरमा यो फिल्मको शुभसाइत गरिएको हो ।
 
आरबी म्यूजिकको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा सविन श्रेष्ठ, सुशान्त कार्की, अर्जुन श्रेष्ठ, रश्मी भट्ट, सुमन श्रेष्ठ, रविन मगरको साथमा नव कलाकार जान्वी बोहराको अभिनय रहेनछ । फिल्मको छायांकन आजैबाट सुरु भएको छ ।
 
काठमाण्डौ, जिरी, पोखरा, चरिकोट लगायतका स्थानमा छायांकन हुने फिल्ममा अर्जुन पोख्रेलको संगीत, सम्राट बस्नेतको एक्सन, गम्भिर बिष्टको कारीयोग्राफी रहनेछ । फिल्मलाई त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिने निर्देशक आचार्यको भनाई छ । 
Most Visited News (monthly)