Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`निशानी` हेर्न निम्तो

फिल्मीखबर, काठमाण्डौ, 2014/09/10
यही शुक्रबारबाट देशभर प्रदर्शनमा आउने फिल्म 'निशानी'को भोली बिहीबार प्रेस शो राखिएको छ । दरवारमार्गमा अवस्थित क्यूज सिनेमाजमा बिहान ११ बजे फिल्मको शो राखिएको निर्माण युनिटले जनाएको छ ।  
 
कार्गिल युद्धको खलुबार लडाइँमा कमान्डिङ गरेका भारतीय गोर्खा ललित राईका अनुभवमा आधारित कथामाथि बनेको 'निशानी' हेर्न निर्माण युनिटले पत्रकारहरूलाई निमन्त्रणा समेत गरेको छ ।  'पत्रकारहरूकै सहयोगले हामी यो दर्शकसामु फिल्म लिएर आउन सक्षम भएका छौं । त्यसैले भोलीको बिशेष शो पत्रकारहरूका लागि नै हो', फिल्मको पब्लिसिटी डिजाईन गरिरहेका विपिन मल्लले भने ।
 
सिक्किम, इलाम चियाबारी, लमजुङ घलेगाउँ लगायतका स्थानहरुमा छयांकन गरिएको फिल्मलाई धरानका फिल्मकर्मी प्रेम सुब्बाले निर्माण गरेका हुन् । फिल्ममा सरोज भण्डारी, ललिता सेरेङ धौबडेल र किशोर दुङमाली राई निर्माताका रुपमा छन् । फिल्ममा प्रशान्त तामाङ, प्रेम सुब्बा, जयनन्द लामा, सिरु बिष्ट, कोपिला थापा, सुरज भट्ट, अनु गुरुङ, बिष्णु चेम्जोङ लगायतको अभिनय रहेको छ ।
 
‘निशानी'मा निर्देशक विनोद सेरेङको पटकथा लेखन, युवराज राईको छायांकन, जनक गुरुङको द्वन्द्व निर्देशन, गोविन्द राई र शिव बिकको नृत्य निर्देशन, बिबी अनुरागीको संगीत, विपिन मल्ल र सुरज श्रेष्ठको सम्पादन छ ।
 
 
 
Most Visited News (monthly)