निर्माता मधुकुमार श्रेष्ठले आफ्नो जन्मदिनमा क्यान्सरका बिरामीसँग भेटघाट गरेका छन् । आज बिहान भक्तपुरमा रहेको भक्तपुर क्यान्सर अस्पताल पुगेर उनले बिरामीलाई खानेकुरा वितरण गरेका हुन् ।

करिब १ सय जना क्यान्सरका बिरामी भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भएका थिए । निर्माता श्रेष्ठले सबैलाई भेट्दै हर्लिक्स, बिस्कुट वितरण गरे । उनले सबै बिरामीलाई स्वास्थ्यलाभको कामना पनि गरे ।
फिल्म ‘बजार’, ‘बिन्दास’ र ‘बिन्दास २’ निर्माण गरेका श्रेष्ठले समाजसेवा गरेर जन्मदिन मनाउँन पाउँदा अत्यन्त खुशी लागेको बताए । १ सय जना बिरामीले पनि निर्माता श्रेष्ठलाई जन्मदिनको शुभकामना दिएका थिए ।

