Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

ह्याप्पी वर्थडे जीवन !

फिल्मीखबर, काठमाण्डौ, 2014/09/10
अभिनेता जीवन लुईटेल आज बुधवारबाट ३३ बर्ष पूरा भएका छन् । २०३८ साल भाद्र २५ गते बिहीबारका दिन बिराटनगरमा जन्मेका जीवनले आफ्नो जन्मदिन अमेरिकामा मनाउँदै छन् । फिल्म 'ठूली'को प्रिमियरका लागि केहि दिन अगाडी जीवन अमेरिका गएका थिए । 
 
 
सन २००२ मा मिस्टर नेपाल भएपश्चात मोडलिङ करियर शुरू गर्दै रंगिन दुनियाँमा प्रवेश गरेका जीवनले भिडियो फिल्म 'तिर्खा'मा अभिनय गरेसँगै आफ्नो फिल्मी करियर शुरू गरेका हुन् । 
 
'सानो संसार' र 'मेरो एउटा साथी छ' फिल्ममा छोटो भूमिका निर्वाह गरेका जीवन बिकास आचार्य निर्देशित 'नसिब आफ्नो'बाट सोलो हिरोको रूपमा उदाए । दुई दर्जन जसो फिल्ममा अभिनय गरिसकेका जीवन अहिले सर्वाधिक व्यस्त अभिनेताको रूपमा चिनिन्छन् । 
 
बिकास आचार्यले नै निर्देशन गरेको फिल्म 'नाइ नभन्नु ल' जीवनको करियरको टर्निङ प्वाईन्ट भएर आयो । यसै फिल्मबाट जीवन दर्शकको नजरमा बस्न सफल भए । आजका दिनसम्म पनि उनी दर्शकको नजरमा बसिरहेका छन् । 
 
नेफ्टा अवार्डमा पहिलो फिल्म 'नसिब आफ्नो'बाट उत्कृष्ट नव अभिनेताको अवार्ड उचालेका जीवनले त्यसपश्चात थुरै फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारिसकेका छन् । फिल्मीखबर डट कमले आयोजना गरेको 'अनलाईन फिल्मीखबर अवार्ड (ओफा)'बाट पनि जीवनले पपुलर अभिनेताको अवार्ड पाएका थिए । 
 
थुप्रै हिट फिल्म दिएका जीवन हाल 'भुलभूलैया' र 'काफल पाक्यो'को सुटिङमा व्यस्त छन् । अमेरिकाबाट केहि दिनमा नेपाल आईपुग्ने जीवनको प्रतिक्षित फिल्म 'स्टुपिड मन' यही कार्तिक ७ गतेबाट प्रदर्शनमा अाउँदै छ । नेपाली फिल्म क्षेत्रका सफल अभिनेता जीवनलाई जन्मदिनको लाखौंं लाख शुभकामना ।   
  
Most Visited News (monthly)