Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महिमालाई किन च्याप्दैछन् ऋषि ?

फिल्मीखबर, काठमाण्डौ, 2014/09/09
कलाकार महिमा सिलवाललाई चौथो पटक लिएर निर्देशक ऋषि न्यौपानेले 'बादशाह' फिल्म बनाउने भएका छन् । यो फिल्मको भोली बिहीबारबाट छायांकन सुरु हुने बताइएको छ । फिल्ममा महिमा सुशिल क्षेत्रीको जोडीको रुपमा देखिनेछिन् ।
 
फिल्मको मुहुर्तमा फोटो खिचाउँदै अभिनेत्री महिमा सिलवाल र अभिनेता सुशिल क्षेत्री  
 
ऋषिले बनाउन लागेको १८ औं फिल्म 'बादशाह'ले एक बादशाहको कथा भन्छ । फिल्मको व्यापार भन्दा पनि संख्या बढाउँदै लगेका ऋषिले ‘बादशाह’लाई एउटा राम्रो फिल्म बनाउने अपेक्षा व्यक्त गरे । वितरक तथा निर्माता सुनिल मानन्धरले फिल्मको शुभसाइत गरेका थिए ।
 
असफल फिल्म दिएकी महिमालाई बारम्बार पर्दामा दोहोर्‍याउनुको कारण बारे ऋषिले केही भनेनन् । कलाकार महिमाले ऋषिले आफूलाई विश्वास गरेर फिल्ममा निरन्तर काम दिएकोमा खुशी व्यक्त गरिन् ।
Most Visited News (monthly)