पौष १८का लागि प्रदर्शन मिति तय गरिएको फिल्म 'माला'को फस्टलुक पोस्टर रिलिज गरिएको छ । अभिनेत्री प्रियंका कार्की अभिनेता आर्यन सिग्देलको मुख्य भूमिका रहेको यो फिल्मलाई कलाकार शिशिर राणाले निर्माण गरेका हुन् ।

बबि भुपाल सिंहको निर्देशन रहेको यो फिल्ममा आर्यन र प्रियंकासँगै सुमिना घिमिरे र प्रज्वल गिरीको पनि अभिनय रहेको छ । फिल्म ‘माला’ मा प्रियंकाले विवाहित अनि विधुवा नारीको भूमिका निभाएकी छिन् ।

