नेपाली कथामा साउथ इण्डियका फिल्मकर्मीले फिल्म बनाउने भएका छन् । 'वाग्मती' नाम राखिएको फिल्मको सुटिङ एक साता भित्रमा काठमाण्डौमा गरिने बुझिएको छ ।
नेपाली भाषामा बन्ने 'वाग्मती'मा राजेश हमाल, शिव श्रेष्ठ, दयाहाङ राई, केकी अधिकारी लगायतका नेपाली स्टारहरूको अभिनय रहने बुझ्नमा आएको छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार कलाकार नेपाली र प्राबिधिक साउथ इण्डियाकै रहने छन् ।
काठमाण्डौकै कथावस्तुमा बन्न लागेको 'वाग्मती'को अन्य कलाकार तथा प्राबिधिकको नाम खुल्न सकेको छैन । यो फिल्म अन्य भाषामा पनि बन्ने बुझ्नमा आएको छ ।

