Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिनेशको अगाडी नीतालाई कस्ले गर्‍यो प्रपोज ?

फिल्मीखबर, काठमाण्डौ, 2014/09/08
कार्यक्रमलाई केही आकर्षक बनाउन निर्देशक दिनेश डिसी सिपालु छन्  । आफ्नै पहिलो होम प्रोडक्शनको फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ निर्माण घोषणा कार्यक्रममा डिसीले नयाँ हिरोलाई नायिका नीता ढुंगानासँग रोमान्स गराए । 
 
 
नीतालाई डेब्यू कलाकार आमेश भण्डारीले गुलाब दिए र प्रपोज गरे । नायिका ढुंगानाले पनि आमेशको प्रपोजलाई स्विकार गरिन् र ‘फूलै फूलको मौसम तिमीलाई’ भन्दै माया देखाइन् । निर्देश डिसी यि दुईको प्रेम हेरेर मख्ख परे । 
 
असोज १ गतेदेखि छायांकनमा जाने फिल्मको घोषणा कार्यक्रममा एकिकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझी, नेकपा एमालेका नेता गोकर्ण बिष्ट र चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरी उपस्थित थिए । नेता टोपबहादुर रायमाझीले आफ्नो छोरालाई फिल्मको हिरो बनाउने चाहना रहेको व्यक्त गरे । रमाइलो गर्दै नेता गोकर्ण बिष्टले छोरालाई हैन आफै हिरो बन्न रायमाझीलाई सुझाव दिए ।
 
फिल्ममा जगदिश्वर थापाको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, सुरेश अधिकारी र अमुल कार्कीको संगीत, रामजी लामिछाने र नरेश बीर सिंहको नृत्य र एनबी महर्जनको द्धन्द्ध रहनेछ । करिब ८१ लाखको बजेटमा बन्ने फिल्ममा करिश्मा मानन्धर, राजेश हमाल, निर शाह जस्ता कलाकारले पनि विशेष भूमिकामा काम गर्नेछन् ।
 
निर्देशक तथा निर्माता डिसीले २१ बर्षको करियरमा आफूले कमाएको रकमबाट फिल्म बनाउन लागेको बताए । फिल्मलाई प्रेम र कमेडीको मिश्रण भनिएको छ ।
 
तस्विर : अनुप भट्टराई
Most Visited News (monthly)