क्रिकेटर शरद भेषवाकरसँग आफू प्रेममा रहेको पुष्टी अभिनेत्री निशा अधिकारीले फेसबुक मार्फत गरेकी छिन् । यसअघि चलेका हल्लालाई प्रमाणित गर्दै निशाले सोमबार फेसबुकमा शरदसँगको तस्विर पोष्ट गर्दै लेखेकी छन्- ‘सर्वव्यापी प्रेम, यसलाई मैले शेयर गरें ।’

निशाले केहि समय अगाडीसम्म शरदसँग प्रेममा रहेको इन्कार गर्दै साथी मात्र भएको प्रतिकृया दिंदै आएकी थिईन् । प्रेम पक्का भएका क्यारे शुभचिन्तक, आफन्त तथा साथीभाइमाझ उनले शेयर गरेरै छाडिन् । प्रेम खुलासा गरेपछी फेसबुकमा निशा र शरदलाई शुभकामना दिनेको लर्को लागेको छ ।

