'होस्टेल' फिल्मबाट निर्देशनमा ‘डेब्यू’ गरेका हेमराज विसी निर्देशित सम्बोधन शहीद दिवसको अवसर पारेर माघ १६ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । यो फिल्म भाद्र ६ गतेबाट सरेर माघ १६ मा पुगेको हो ।
'थ्रिलर' श्रेणीको फिल्ममा दयाहाङ राई, नम्रता श्रेष्ठ, विनय भट्ट, प्रशान्त ताम्राकार, सुलेमान शंकर आदिको अभिनय रहेको छ । नम्रता श्रेष्ठ फिल्ममा 'क्राइम रिपोर्टर'का रूपमा प्रस्तुत भएकी छन् । यता राजनीति व्याकग्राउन्ड भएका विनय यसै फिल्मबाट अभिनेताको रूपमा चिनिने छन् ।
निर्देशक विसीले सम्बोधन 'पोलिटिक्स थ्रिलर' भएको बताएका छन् । रेड रोज इन्टरटेनमेन्टको व्यानरमा निर्मित 'सम्बोधन'लाई सरोज न्यौपाने र विष्णु लामाले निर्माण गरेका हुन् । रामेश्वर कार्कीको छायांकन रहेको

