Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

फिल्म नभएपछि हलमा हाहाकार

फिल्मीखबर, काठमाण्डौ, 2013/07/25

फिल्मको कमजोर व्यापारले देशका हल बन्दको अवस्थामा छन् । यिनै बन्दको स्थितीमा पुगेका करिब एक सय नजिक हलमा अहिले हाहाकार छाएको छ । लगातारको वर्षा, विदाका दिन नपर्नु र फिल्मको निराशको व्यापारले निर्माता फिल्म प्रदशर्नमा हच्किएपछि असार र साउन महिनामा हलमा फिल्मको अभाव देखिएको हो ।

 

असार र साउनको दोस्रो हप्ता सम्म चर्चा र बिग ब्यानरका फिल्मको हल प्रवेश न्यून रह्यो । यो बिचमा फिल्म कर्कश र दबाब मात्रै प्रदर्शनमा आए । जुन फिल्मले राम्रो व्यापार गर्ने आशा थियो । तर यी फिल्मको व्यापार पनि उत्साहजनक भएन । नेपाल रिलिजबाट कर्कश र दबाबको लगानी असुरक्षित रह्यो भने अन्य फिल्मले लगानीको पच्चिस प्रतिशत पनि रिकभर सकेनन् ।

 

बर्षा, बिदा कम र निराशको फिल्म बजारले निर्माता फिल्म रिलिजबाट पछि हटेको निर्माता तथा वितरक सुनिल मानन्धर बताउँछन् । भन्छन्- 'साउनको अन्तिम पछि फिल्म रिलिजमा बाढी आउनेछ । असार र साउनमा हरेक वर्ष फिल्मको हलमा संख्या कम नै हुने गर्छ ।' हिरारत्न हलका व्यवस्थापक प्रमुख मनोज केसी भने फिल्मको अप्सन नहुँदा दर्शक हलमा नआएको बताउँछन् ।

 

केसी भन्छन्- 'दर्शक हलसम्म आउन कम्तिमा दुई फिल्म रिलिज हुनै पर्छ ।' असार र साउनको फिल्मको व्यापारले बिजुली बत्ति र कर्मचारीलाई तलब दिन पनि मुस्किल भएको उनको भनाई छ । गत साता सम्म दुई फिल्म प्रदर्शनमा आएपनि यो शुक्रबार भने फिल्म एटिएमको एक्लो पुन: प्रदर्शन हुनेछ । अश्लिलताको पराकाष्ट नाघेको भन्दै यो फिल्मलाई सेन्सर बोर्डले हलमा लागेको एक दिनमै ब्यान्ड गरेको थियो ।