Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दृश्यम ३’ले तोड्यो ‘बोर्डर २’को रेकर्ड, बन्यो वर्षको दोस्रो धेरै कमाउने फिल्म

फिल्मीखबर, काठमाडौं, 2026/10/24

Drishyam 3: The Conclusion

 

काठमाडौं । बलिउड सुपरस्टार अजय देवगन अभिनीत फिल्म ‘दृश्यम ३ः द कनक्लूजन’ले भारतीय बक्स अफिसमा रेकर्डको चाङ लगाएको छ । वर्षकै दोस्रो ठूलो ओपनिङ हासिल गरेको फिल्मले ‘दृश्यम’ फ्रेन्चाइजकै सर्वाधिक व्यापार गरिसकेको छ भने अजय देवगनको करिअरको सर्वाधिक कमाउने फिल्मको रेकर्ड समेत यसकै नाममा बनेको छ ।

अब फिल्मले बक्स अफिसमा अर्को ठूलो रेकर्ड बनाएको छ । फिल्मले प्रदर्शनको २२औं दिनमा सनी देओल अभिनीत फिल्म ‘बोर्डर २’लाई कमाइमा पछि पारेको छ । योसँगै ‘दृश्यम ३’ २०२६ को दोस्रो धेरै कमाउने हिन्दी फिल्म बनेको छ । गत जनवरीमा रिलिज भएको ‘बोर्डर २’को कुल कमाइ ३६२ करोड भारु थियो । ‘दृश्यम ३’ले २२ दिनमा ३६३ करोड कमाएको छ ।

भारतीय ट्रेड पोर्टल स्याकनिल्कका अनुसार ‘दृश्यम ३’ले पहिलो दिन अर्थात् २ अक्टोबरमा ६२ करोड कमाइ गरेको थियो । यस्तै, पहिलो साता २४५ करोड ५० लाख, दोस्रो साता ८७ करोड ५० लाख र तेस्रो साता २८ करोड ८५ लाख कमाएको फिल्मले चौथो सातामा पनि सुखद व्यापार गरिरहेको छ । शुक्रबार मात्र फिल्मले १ करोड ४० लाख कमाइ गर्‍यो ।

अभिषेक पाठकको लेखन तथा निर्देशन रहेको फिल्ममा अजय देवगनसहित तब्बु, श्रिया सरन, इशिता दत्ता, मृणाल जाधव, रजत कपूर, जयदीप अहलावत, प्रकाश राज, सौरभ शुक्ला, नेहा जोशी, कमलेश सावन्तलगायतको अभिनय छ । फिल्मलाई दर्शक र समीक्षकले ‘दृश्यम’ फेन्चाइजकै उत्कृष्ट श्रृंखला मानेका छन् । अब यो फिल्मको नयाँ भाग नबन्ने जनाइएको छ ।