Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालमा ‘उड्ता तीर’को प्रदर्शनमा किन लगाइयो प्रतिबन्ध ?

फिल्मीखबर, काठमाडौं, 2026/10/19

udta teer

 

काठमाडौं । बलिउड अभिनेता आयुष्मान खुरानाको मुख्य भूमिका रहेको फिल्म ‘उड्ता तीर’लाई नेपालमा प्रदर्शनका लागि प्रतिबन्ध लगाइएको छ । असोज ३० गते केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)का पदाधिकारीहरूले फिल्म हेरेपछि प्रदर्शन अनुमति नदिने निर्णय गरेका हुन् । यो फिल्म भारतमा २३ अक्टोबरमा रिलिज हुँदैछ । 

सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य तथा प्रसारण शाखाले वितरण कम्पनी नेसनल सिने ग्रुप नेपाललाई पत्र लेख्दै निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ (३)ले निषेध गरेको विषयवस्तुमा फिल्म निर्माण भएकाले सोही दफा बमोजिम सार्वजनिक प्रदर्शन अनुमति नदिने निर्णय भएको जनाएको छ ।

निर्माण, प्रदर्शन तथा वितरण ऐन २०२६ को दफा ८ (३)मा मित्रराष्ट्रसँगको सुसम्बन्ध असर पार्ने वा लैंगिक हिंसालाई बढवा दिने फिल्मलाई प्रदर्शन गर्न चलचित्र जाँच समितिले अनुमति नदिने उल्लेख छ । फिल्मका कुनै भागको काँटछाँट वा हेरफेर गरेको खण्डमा भने जाँच समितिले आवश्यकताअनुसार प्रदर्शनका लागि अनुमति दिन सक्ने व्यवस्था गरिएको छ । 

आकाश कौशिकको निर्देशन तथा करण जोहरको निर्माण रहेको ‘उड्ता तीर’मा भारत र पाकिस्तानबीचको तनावलाई हास्य र जासुसीको कथामार्फत प्रस्तुत गरिएको छ । पाकिस्तानको गुप्तचर निकाय (आईएसआई) र पाकिस्तानी सैन्य नेतृत्वमाथि फिल्मले व्यंग्य गरेका कारण नेपालको सेन्सर बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको जनाइएको छ ।