Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा थपियो ‘कबड्डी ५’, डेढ करोडको ओपनिङ गर्ने प्रक्षेपण

फिल्मीखबर, काठमाडौं, 2026/10/23

kabaddi 5

 

काठमाडौं । यतिबेला हलमा फिल्मको चाप उच्च छ । स्वदेशी र विदेशी गरी करिब एक दर्जन फिल्म प्रदर्शन भइरहेका छन् । यस्तैमा शुक्रबार (आज)बाट नयाँ फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर २२० भन्दा बढी शो प्राप्त गरेको फिल्मले आक्रामक ओपनिङ गर्ने संकेत देखाएको छ ।

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्मको अग्रिम बुकिङमै एक सयभन्दा बढी शो हाउसफुल भइसकेका छन् । विशेषगरी पूर्वका धरान, इटहरी, दमक र विर्तामोडमा फिल्मको बुकिङ आक्रामक देखिएको छ । काठमाडौं, चितवन, नेपालगन्ज, बुटवल, पोखरा, दाङ, दमौली, कावासोतीलगायतका सहरमा पनि ठूलो संख्यामा फिल्मका टिकट बिक्री भएका छन् । 

देशभरको टिकट बुकिङको अवस्था हेर्दा फिल्मले वर्षकै सबैभन्दा ठूलो ओपनिङ पाउने सम्भावना देखिएको छ । अग्रिम बुकिङमै ५० लाखमाथिका व्यापार गरिसकेको फिल्मले डेढ करोड हाराहारीको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । ‘वर्ड अफ माउथ’ बलियो मिलेको खण्डमा भोलि शनिबार फिल्मले दुई करोडभन्दा बढीको व्यापार गर्न सक्ने देखिन्छ ।

बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपिन कार्की, मिरुना मगर, सिर्जना गुरुङ, रिश्मा गुरुङ, कमलमणि नेपाललगायतको अभिनय रहेको छ । फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) निर्मातामा छन् भने सागर राज सिनेमाका कार्यकारी निर्माताको रूपमा छन् ।