
काठमाडौं । तमिल सुपरस्टार रजनीकान्तको मुख्य भूमिका रहेको फिल्म ‘जेलर २’ले व्यापारिक रूपमा नयाँ कीर्तिमान कायम गरेको छ । निर्माण कम्पनी सन पिक्चर्सका अनुसार पहिलो सात दिनमा फिल्मले विश्वव्यापी ५४९ करोड भारुभन्दा बढी कमाइ गरेको छ । यो तमिल फिल्म इतिहासकै पहिलो साताको सर्वाधिक कमाइ रहेको कम्पनीको दाबी छ ।
‘जेलर २’को पहिलो साताको विश्वव्यापी कमाइ सार्वजनिक गर्दै सन पिक्चर्सले बिहीबार ट्विटर (एक्स)मा एक पोस्ट गर्दै लेखेको छ, ‘कीर्तिमान बनाउने र कीर्तिमान तोड्ने फिल्म । विश्वव्यापी रूपमा ५४९ करोड भारुभन्दा बढी कमाइ । तमिल सिनेमाको इतिहासमै पहिलो साताको सर्वाधिक कमाइ । ‘जेलर २’ उद्योगकै ठूलो ब्लकबस्टर ।’
अक्टोबर १५ देखि प्रदर्शनमा आएको ‘जेलर २’ अब पहिलो भागको व्यापारिक रेकर्ड तोड्ने दौडमा छ । सन् २०२३ मा प्रदर्शन भएको ‘जेलर’ले भारतमा ३४८ र विश्वव्यापी ६०४ करोडको व्यापार गरेको थियो । ‘जेलर २’ले भने पहिलो सात दिनमै भारतमा ३२३ करोड नेट कमाइ गरिसकेको छ । यही गति कायम रहे फिल्मले केही दिनमै पहिलो भागको कमाइलाई उछिन्ने देखिन्छ ।
नेल्सन दिलीपकुमारको निर्देशन रहेको फिल्ममा रजनीकान्तसहित रम्या कृष्णन, एसजे सूर्या, विद्या बालन र योगी बाबुको मुख्य भूमिका छ । अतिथि भूमिकामा मोहनलाल, ज्याकी श्राफ, ऋतिक रोशन, विजय सेतुपति, मिथुन चक्रवर्तीलगायतले अभिनय गरेका छन् । फिल्मका एक्सन दृश्य, रजनीकान्तको दमदार उपस्थिति र हास्य पक्षलाई दर्शकले रुचाएका छन् ।
The record maker and the record breaker!😎 549+ CRORES WORLDWIDE! The highest-grossing first week collections in Tamil cinema history! 💥 #Jailer2 #Jailer2 Industry Mega Blockbuster 🔥 @rajinikanth @Nelsondilpkumar @anirudhofficial @vidya_balan @iam_SJSuryah #MithunChakraborty #SurajVenjaramoodu @meramyakrishnan @iYogiBabu @mirnaaofficial @vijaykartikdop @Nirmalcuts @ChethanDsouza @AlwaysJani @KiranDrk @sunilreddy22 #PallaviSingh @valentino_suren @Alagiakoothan #SantoshRaju @kabilanchelliah @kuchirayar73 @RIAZtheboss
— Sun Pictures (@sunpictures) October 22, 2026

