Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिनेमाघर’ले दशैं–तिहारका लागि रिलिज गर्‍यो आठ फिल्म

फिल्मीखबर, काठमाडौं, 2026/10/18

Cinemaghar 1

 

काठमाडौं । नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ एपले दशैं–तिहारलाई लक्षित गर्दै आठवटा नेपाली फिल्म एकसाथ रिलिज गरेको छ । ‘दशैं–तिहार मुभी मेला’ अन्तर्गत एपले ‘ह्रस्व दीर्घ’, ‘के घर के डेरा : घर नम्बर २’, ‘लाज शरणम्’, ‘मायावी’, ‘कार्साङ’, ‘हरिबहादुरको जुत्ता’, ‘कठपुतली’ र ‘प्रवासी जीवन’ रिलिज गरेको हो ।

सिनेमाघरले दर्शकको सहजताका लागि विभिन्न माध्यमबाट फिल्म हेर्न सकिने व्यवस्था मिलाएको छ । गुगल प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट ‘सिनेमाघर’ डाउनलोड गरी स्मार्टफोन वा ट्याब्लेटमा फिल्म हेर्न सकिन्छ । एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी तथा एलजी वेबओएसमा समेत एप प्रयोग गर्न सकिने जनाइएको छ ।

मोबाइलबाट क्रोमकास्ट (मिडिया प्लेयर)मार्फत फिल्म हेर्न सकिने सुविधा पनि एपले उपलब्ध गराएको छ । कम्प्युटर प्रयोगकर्ताले वेब ब्राउजरमार्फत समेत फिल्म हेर्न सक्नेछन् । दर्शकलाई उच्च गुणस्तरको दृश्य अनुभव दिने उद्देश्यले सिनेमाघरले आफ्नो प्लेटफर्ममा ‘फोरके’ स्ट्रिमिङ सुविधा पनि राखेको छ । 

सिनेमाघर एपमा दसैं–तिहारका आठ फिल्मसहित ‘आउट ल : दफा २१९’, ‘नाइँ नभन्नू ल ६’, ‘जय हो’, ‘प्रेमगीत ३’, ‘पशुपति प्रसाद २ : भष्मे डन’, ‘छक्का पञ्जा ४’, ‘गाउँ आएको बाटो’ र ‘बोक्सीको घर’लगायत दर्जनौं फिल्महरू स्ट्रिमिङ भइरहेका छन् । पछिल्लो समय यो एप नेपाली निर्माताका लागि आम्दानीको राम्रो स्रोत बनेको छ ।